पर्यटकलाई पाँच स्थानबाट पाटन अवलोकन गराइने
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १६:३३:२८
वैशाख,ललितपुर । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि फिनल्याण्डका राजदूत पट्र्टी एन्टीनेन, नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलका, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले आइतबार ललितपुरको श्रीबहाल, नबहाल, पूर्णचण्डी, मङ्गलबजार आदि क्षेत्रमा हेरिटेज वाकअर्थात् सम्पदा यात्रा गरेर उक्त कामको शुभारम्भ गरेका छन् ।
महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरमा आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्देश्यका साथ सो काम अघि सारिएको बताएका छन् । उनले भने, “हामीले यहाँ पर्यटकले लामो समय बिताउन् भनी पुल्चोकबाट मङ्गलबजार हुँदै लगनखेल अनि जावलाखेल र अन्त्यमा पुल्चोकसम्म र दोस्रो रुट जावलाखेल हुँदै लगनखेल त्यसपछि एकान्तकुना भएर धोबीघाट अनि कुपण्डोल र अन्त्यमा सानेपासम्मै पर्यटकका लागि निःशुल्क विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएका छौं । अब छिट्टै बिजुली बस पाटन भित्रिने छ ।” पाटन आउने पर्यटकले यहाँका हरेक स्थान घुमेर आर्थिक वृद्धि गराउन् भन्ने उद्देश्यका साथ तीन दिनसम्म निःशुल्क बिजुली बसमा यात्रा गर्ने अवसर दिन लागिएको महर्जनको भनाइ थियो ।
संघका अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला र संस्कृतिको जीवन्त सङग्रहालय रहँदा यहाँका मूर्त तथा अमूर्त सम्पदाको प्रचारप्रसारमा आफूहरुले समेत विभिन्न काम गर्ने बताए । संघका पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन समिति संयोजक आपुलाल अवालेले पाटनमा पर्यटक आवागमन वृद्धि गर्न हरेक महिनाको अन्तिम शनिबार यी पाँच रुट भएर सम्पदा पदयात्रा गर्ने, पाटनको परिचत्र भएको पुस्तक, पर्चा, नक्सा छाप्ने तयारी गरिरहेको बताए ।
कार्यक्रममा महानगरपालिकाका केही वडाध्यक्ष, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम्बु सुवेदी, होटल सङ्घ नेपाल (हान)का उपाध्यक्ष विनायक शाह, टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष बद्री नेपाल, चाइनीज गाइडका अध्यक्ष निशान प्रधान आदिको पनि उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार