टीकापुरमा आगोले पोलिएका १७१ को निशुल्क शल्यक्रिया
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १६:५७:१
६ वैशाख,टीकापुर । टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ । बर्न इन्ज्युरी ९आगोले पोलेको० बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो ।
शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका ७०७ ले उपचार सेवा लिएका छन् । जटिल समस्या भएका १७७ लाई थप उपचारका लागि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लाष्टिक सर्जन डा सन्तोष भण्डारीले जानकारी दिए । कैलालीको टीकापुरमा पहिलोपटक सर्जनसम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि शिविर आयोजना भएको हो ।
“बिरामी धेरै आए । हामीले बिहान ८ बजेदेखि राति अबेरसम्म सेवा दियौँ, आगलागी भएर प्राथमिक उपचारसम्म नपाएर नसा खुम्चिएका, घाउ भएकाजस्ता समस्या भएका बिरामी शिविरमा आए”, डा भण्डारीले भने, “टीकापुर अस्पतालमा सम्भव भएका बिरामीको शल्यक्रिया यहीँ ग¥यौँ, केही दिन निगरानीमा बस्नुपर्ने, लामो उपचार लिनुपर्नेलाई सुष्मा कोइराला अस्पतालमा आउन भनेका छौँ ।” टीकापुर नगरपालिका र जानकी गाउँपालिका, टीकापुर अस्पतालको आयोजना र टीकापुर सरोकार समूहको साझेदारीमा शिविर आयोजना भएको हो । शिविरमा काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालका विशेषज्ञसहित १६ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल आगोले पोलिएका दूरदराजका मानिसलाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन भएको बताए । नगर प्रमुख रावलले आउँदा दिनमा आगोले पोलिएर उपचार गर्न समस्या भएका नागरिकलाई निःशुल्क उपचारका लागि उपचार सहयोग गर्नेजस्ता कार्य शुरु गर्ने आश्वासन दिए । “हामीले अब आगोले पोलिएका मानिसको उपचारमा स्थानीय तहले आर्थिक सहायता दिने कार्यक्रम ल्याउने भएका छौँ”, उनले भने, “पहिलोपटक शिविर आयोजना भएकाले बिरामी धेरै आए । अब यस्तो शिविर वर्षमा दुई पटकसम्म गर्नुपर्छ भन्ने बुझेका छौँ ।”
टीकापुरमा स्वास्थ्य शिविर ल्याउन पहल गर्ने सुष्मा कोइराला मेमोरियल अस्पतालका सल्लाहकार डा खगेन्द्र भण्डारीले विश्वमा पोलिएकै कारण १८ लाख मानिसको मृत्यु हुने गरेको र नेपालमा प्रत्येक वर्ष ५५ हजार ९०२ मानिसमा बर्न इन्ज्युरीको समस्या रहेको बताए । नेपालमा दुई हजार १०० मानिसको पोलिएर ज्यान जाने गरेको तथ्याङ्क छ । यो उपचार खर्चिलो भएकाले आफूहरु उपचारमा सहयोग होस् भनी टीकापुर आएको उनले बताए । शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, आगोले पोलेर कपाल गुमाएका, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएका, हात वा खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला टाँसिएका, जन्मजात ओठ र तालु फाटेका, माशंपेशी खुम्चिएर शरीरको कुनै भाग चलाउन नमिल्ने, विष्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएका बिरामीको उपचार भएको छ ।
शिविरमा खुट्टाको पैताला भित्रतिर फर्किएको, हात वा खुट्टा काट्टिएको ठाउँमा पाकेर, नचलेर वा अन्य कुनै कारणले पुनः शल्यक्रिया गर्नुपरेमा, कान तथा चिरिएको उपचार, शरीरमा मासु, कोठी, दाग तथा गाँठाको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी शल्यक्रिया, बिरामीमा खाँटे घाउ भएका बिरामीले समेत उपचार सेवा लिएका छन् । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले अस्पतालले यस्ता खाले समस्या भएका बिरामीको उपचारका लागि केयर युनिट सञ्चालन गर्ने सोच बनाएको बताए । “हामी स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर आगोले पोलिएका मानिसको तत्काल उपचारका लागि केयर युनिट सञ्चालन गर्ने योजनामा छौँ”, अध्यक्ष रावलले भने, “शिविरमा सुदूरपश्चिमका पहाडी जिल्लाका मानिससमेत आए । यसले स्थानीय तहलाई कस्ता खाले उपचार सेवा दिन आवश्यक छ भन्ने सुझावसमेत दिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार