मंगलबार , जेठ ४, २०७८

भन्सार एजेन्ट छनौटका लागि परीक्षा मिति सार्वजनिक

भन्सार एजेन्ट छनौटका लागि परीक्षा मिति सार्वजनिक

६,बैशाख, काठमाडौँ । केही साताअघि भन्सार विभागले आवेदन माग गरेको भन्सार एजेन्ट छनौटका लागि लिइने लिखित परीक्षाको मिति  र समय तालिका सार्वजनिक गरिएको छ। विभागले लिखित परीक्षा जेठ २२  गते दिउँसो १ बजेका लागि तोकेको छ । परीक्षा केन्द्र भने पछि प्रकाशित हुने जनाइएको छ ।

विभागले गत चैत्र १६ गते ६६० पदका लागि अनलाइन दरखास्त आह्वान गरेको थियो । परीक्षार्थीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

bhansar

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय