पेस्तोल र गोलीसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १८:५४:४
६ वैशाख, काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट पेस्तोल र गोलीसहितसहित २ जनालाई पक्राउ गरेकाे छ । सुनसरी, कोशी गाउँपालिका -४ जुद्धगञ्ज बस्ने कयुम मन्सुरीको घरमा आएका उनका ज्वाई सप्तरी कञ्चनपुर नगरपालिका-१ बस्ने २४ वर्षीय जमाल मन्सुरीलाई १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलको २ राउण्ड गोलीसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हाे।
कयुमको घरमा रोजा पर्व मनाउन आएको अवस्थामा जमाललाई अस्थायी प्रहरी पोष्ट शिबचोक कटानबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै प्रहरीले नवलपरासी ‘पश्चिम’, सुस्ता गाउँपालिका ५ रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइलसहित सोही गाउँपालिका-५ तरेनी बस्ने २२ वर्षीय सुनिल भेडियार पाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनिललाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार