आर्थिक वर्षमा जिल्ला अदालत हुम्लाबाट ६० मुद्दा फैसला
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १९:१०:५८
६ वैशाख,सिमकोट । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ ।
अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ छ । चालू आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका ११४ मुद्दामध्ये ६० वटा फछ्र्योट भइसकेको जिल्ला अदालत हुम्लाका स्रेस्तेदार मदनराज भट्टराईले बताए । देवानीतर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ गरेर जम्मा ५२ मध्ये ३० वटा फछ्र्योट भएका छन् भने २२ वटा फैसला हुन बाँकी रहेका छन् ।
सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दामध्ये १७ वटा फछ्र्योट भएका छन् भने २४ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार भट्टराईले बताए । फौजदारीतर्फ जिम्मेवारी सरेका आठ, नयाँ दर्ता १० गरेर १८ मध्ये १३ वटा फैसला भएको र पाँच वटा मुद्दा बाँकी रहेका छन् । यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ ।
जिल्ला अदालत हुम्लाले तीन वर्षको औसतमा दर्ता भएका मुद्दाका आधारमा हालसम्म ६८ दशमलव चार प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएको छ । यस्तै जिल्ला अदालत हुम्लामा आठ वटा बालबालिकासम्बन्धी मुद्दा दर्ता भएको थियो भने यसमध्ये चार वटा फैसला भइसकेको छ भने बालबालिकाको सङ्ख्या ११ वटा रहेको छ । यस्तै दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएकोसमेत बताइएको छ । यस्तै ज्येष्ठ नागरिकसम्बन्धी कुनै पनि मुद्दा नपरेको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार