आइतबार , जेठ २, २०७८

रोयल बचत तथा ऋण सहकारीको भित्तेपात्रो विमोचन

रोयल बचत तथा ऋण सहकारीको भित्तेपात्रो विमोचन

६ वैशाख, स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित स्याङ्जा बजारमा रहेको प्रतिष्ठित सहकारी रोयल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन तथा बधाई शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिमोचन कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले हाल संचालनमा रहेका सहकारीहरु परम्परामा आधारित रहेको बताउँदै सहकारीहरुले नयाँ ढङ्गबाट अगाडी बढ्ने सोच बनाउनु पर्नेमा जोड दिए । वाणिज्य र विकास बैंकका कारण सहकारीहरु समस्या उन्मुख बन्दै गएको ढकालले दाबी गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सहकारीले कृषि र शिक्षा क्षेत्रमा लगानी बढाएर गए सहकारीका चुनौती हट्दै जाने जिकिर गरेका अध्यक्ष ढकालले सहकारीहरुले वचत कारोबारमा मात्रै सिमित हुन नहुनेमा जोड दिए । उनले सहकारीका सदस्यहरुले सहकारीबाट अनेकौं अवसरहरुको खोजि गरे पनि त्यो पुरा नभएको बताए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकाल, पृथ्वीनारायण क्याम्पसका उप–प्रध्यापक दिपेन्द्र ढकाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तथा रोयल सहकारीका सचिव प्रकाश डोटेलले सहकारीले आमनागरिकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने बताए ।

त्यस अवसरमा संस्थाका संचालक समितिका सदस्य पृथ्वीप्रसाद पोखरेल, लेखा समितिका सदस्य नविन ढकाल, अनुगमन समितिका संयोजक भवानी शंकर पोखरेल, संचालक सुजता पौडेल, शिक्षा उप–समितिका संयोजक रामप्रसाद लम्साल र मुक्तिनाथ विकास बैंक स्याङ्जाका उपनिर्देशक नविन काफ्लेले शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा निर्वाचित रोयल सहकारीका सचिव प्रकाश डोटेललाई सम्मान गरिएको थियो । उनलाई मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुप्रसाद पोखरेलले गरेका थिए भने संचालन संस्थाका प्रबन्ध निर्देशक केशवराज लम्सालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय