आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १५:२६:४१
७ वैशाख, काठमाडौं । सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिए ।
सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर हिजो ९सोमबार० र आज छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालेको छ । उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढीलाई जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।
उहाँका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल ९एक लाख युनिट० र एक वर्षदेखि पाँच वर्षमुनिकालाई एकवटा क्याप्सुल ९दुई लाख युनिट० तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट ९२०० मिलीग्राम० र दुई वर्षदेखि पाँच वर्षमुनिकालाई एक ट्याबलेट ९४०० मिलीग्राम० खुवाउने गरिन्छ ।
सरकारले विसं २०५३ बाट भिटामिन ए र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुईपटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ । बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ । विसं २०७२ बाट शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ वटा जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार