फेरि कोरोना हटस्पट बन्दै वीरगंज, सीमाक्षेत्रमा कडाई
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १७:३७:३२
०७ बैशाख, काठमाडौं । स्वास्थ्य सुरक्षाकालागि नेपाल सरकारले जारी गरेका कोभिड १९ को पूर्ण पालना नगर्दा पर्सा जिल्ला फेरी कोभिड १९ कोरोना भाइरसको हटस्पोट बन्दै गएको छ । भौतिकदुरीको पालना तथा मस्कको अनिर्वाय प्रयोगलाई सर्वसाधराणले बेवास्ता गर्दा दैनिकजसो भइरसका सक्रमित थपिने संख्या बढेको छ ।
चैत्र महिनाको २० गते देखि २९ गते सम्मा १ सय ८७ वटा स्वायबको नमुनालई परिक्षण गर्दा ६७ जना कोराना संक्रमित भेटिएकोमा चैत्र ३० गते देखि बैशाख ६ गते सम्मा ५ सय २८ वटा स्वायबको नमुनालाई परिक्षण गर्दा ३ सय ५५ जना संक्रमित भेटिएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । उहाँले भेटिएका संक्रमित मध्य ३सय ३ जना पर्सा जिल्लाका र ५२ जना बारा, रौतहट, सर्लाही, मकवानपुर लागयत जिल्ल्लाका रहेको बताए ।
गएको ६ दिन भित्र संक्रमणकै कारण ३ जनाको उपचारको क्रम्मा मृत्यु भएको डा. दासले दिए । उनले भौति दुरीको पालना, साबुन पानीले हात धुने र मास्कको अनिर्वाय प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नभएकै कारण संक्रमितको संख्या बढ्दै गएको उनले बताए । जिल्लामा बढ्दै गएको संक्रमणमितको संख्यालाई नियन्त्रण गर्न स्थानिय प्रशासन र स्थानिय तहहरुले केही प्रयासहरु थालेका छन् ।
संक्रमणलाई नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाले सबै शिक्षण संस्थाहरुलाई बन्द गर्ने निर्णय गरेको छ भने जिल्ला प्रशासन कार्यालय पर्साले वितरण गर्ने सेवाहरुलाई वर्गकृती गर्दै सीमाक्षेत्रमा कडाई गर्दै लगिएको छ । जिल्लामा हरेका १४ वटै स्थानियतहबाट हुने सिफारीहरुलाई सातामा दुई दिन मात्र गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । संक्रमितको बढदो संख्याकालाई नियन्त्रण गर्न उदेश्यले सिमाक्षेत्रमा कडायी गर्र्नुको साथै कार्यालयमा सेवाग्राहीको भिडलाई कम गर्न सेवाहरुलाई वर्गकृती गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार
प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार