मंगलबार , जेठ ४, २०७८

पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ सार्वजनिक

पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ सार्वजनिक

७ वैशाख,ललितपुर । पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ । निवृत्त राष्ट्रसेवक समूहको तेस्रो साधारणसभामा सोमबार समूहका अध्यक्ष शिवराम पौडेल तथा रामचन्द्र मन्दिर भजन उपसमितिका अध्यक्ष विनोद पाठकले संयुक्तरूपमा सो कृति लोकार्पण गरेका छन् ।

एक सय ७५ पृष्ठको सो कृतिमा गणेश, दुर्गा, शिव, राम, कृष्ण, हरि, आमा, निर्गुणलगायत अन्य देवीदेवतासँग सम्बन्धित १४२ भजन समाविष्ट छ । उक्त समूहका ज्येष्ठ सदस्य जगन्नाथ घिमिरेसहित अन्य वक्ताले सो कृतिका विविध पक्षमा चर्चा गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय