पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १९:१०:४५
७ वैशाख, काठमाडौं । भारतको हरिद्वारमा आयाेजित कुम्भमेलामा सहभागी भई फर्केका पूर्व राजा ज्ञानेन्द्र र उनकी धर्मपत्नी कोमललाई कोरोना संक्रमण भएको छ । कुम्भ मेलामा सहभागी पूर्व राजदम्पतिले गंगा स्नान गरेका थिए ।
भारतबाट फर्केका ज्ञानेन्द्र दम्पतिले पीसीआर टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको निर्मल निवास निकट स्रोतले बतायो । हाल पूर्व राजदम्पति आइसोलेसनमा रहेका छन् । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ अवस्था भने सामान्य रहेको छ ।
अहिले पूर्व राजदम्पतिको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । भारत भ्रमणमा रहँदा पूर्व राजदम्पतिले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेटेका थिए । उनी आफैं कोरोना संक्रमित भएर अहिले आइसोलेसनमा रहेका छन् ।
नयाँ भेरियन्ट फैलिएसँगै संक्रमणको जोखिम झनै बढेको छ। दिनकै हजार बढीको संख्यामा संक्रमित थपिन थालेपछि पछिल्ला दिनमा मृतक संख्या पनि बढ्दो छ । पहिलेको तुलनामा अहिले संक्रमण तीव्र गतिमा फैलिरहेको छ।
यता काठमाडौं उपत्यका पनि काेराेना संक्रमणको उच्च जोखिममा छ। संक्रमितको संख्या यही गतिमा बढ्दै गए केही दिनमा भेन्टिलेटर नपाएर मृत्यु हुने बिरामीकाे संख्या बढ्न सक्ने चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार