महोत्तरीमा कोरोनासँग लड्ने कुनै छैन तयारी
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २०:५५:२८
७ वैशाख,जलेश्वर । विश्वजगत् कोरोनाको दोस्रो लहरबाट आक्रान्त हुन थालेको अवस्थामा महोत्तरी जिल्लामा कोरोनासँग लड्ने कुनै तयारी छैन । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका कुनै पनि स्थानीय तहले बढ्दै गएको कोरोना संक्रमणको सामना गर्नका लागि कुनै पनि चासो देखाएको छैन ।
छिमेकी मुलुक भारतको विहार राज्यमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको अवस्थामा महोत्तरीको १३.८ किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाकाले यस जिल्लालाई समेत प्रभावित पार्न थालिसकेको अवस्थामा पनि यहाँका कुनै पनि सम्बन्धित निकायले त्यसप्रति ध्यान दिएका छैनन् । वैशाखको १ गतेदेखि ६ गतेसम्म मात्रै महोत्तरीमा तीन महिला र १५ पुरुषसहित १८ जना सक्रिय कोभिड संक्रमित भइसकेका छन् ।
कोभिड– १९ सँग सामना गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने स्वास्थ्य कार्यालय जलेश्वर, महोत्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्रप्रसाद चौधरीले आफूहरुसँग केही पनि नरहेको र सबै अधिकार स्थानीय तहमा गइसकेकाले यस महामारीसँग लड्न अस्पतालमा हाल कुनै पनि तयारी नरहेको बताए ।
उनले जिल्लाका सबै स्थानीय तहलाई तीन÷चार दिनपूर्व नै कोरोनाविरुद्धको तयारीमा लाग्न पत्राचार गरिसकेको र प्रत्येक पालिकाका स्वास्थ्य संयोजकलाई बोलाएर आवश्यक निर्देशनसमेत दिइसकेको भए पनि कुनै पनि पालिकाले अहिलेसम्म त्यसका लागि कुनै पनि तयारी नगरेको बताए ।
उनले अहिले जिल्ला अस्पतालसहित कुनै पनि पालिकामा क्वारेन्टिन, आइसोलेशन, हेल्थ डेस्क, स्वास्थ्यकर्मी परिचालनलगायतका कुनै व्यवस्था नरहेको बताए । उनले जिल्लामा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्लाको सीमा नाकामा तुरुन्त हेल्थडेस्क पुनःस्थापना गर्न, जिल्ला अस्पताल तथा प्रत्येक पालिकामा क्वारेन्टिन र आइसोलेशन पुनःस्थापना गर्न र पर्याप्त सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक भएको बताए ।
स्वास्थ्य कार्यालयबाट प्रत्येक पालिकालाई मास्क, स्यानिटाइजर, पिपिइ गाउन, बुट, गगल्स पठाइसकिएको र मागबमोजिम अझै पनि पठाउने क्रममा जारी रहेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार