नेपाल पक्षीय नेताहरुको बेग्लै भेला
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २१:३३:३२
७ वैशाख, काठमाडाैं । नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३२ जना सांसद्लाई पदमुक्त गर्ने उद्येश्यले स्पष्टीकरण सोधेपछि नयाँ परिस्थिति निर्माण भएको छ । कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लघंन गरी फ्लोर क्रस गरेपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा धकेलिएपछि बरु विरोधी सबैलाई पदबाट हटाउने रणनीति अपनाएर आज स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरण सोधिएपछि नेता नेपाल पक्षीय सांसद्हरु अहिले नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् । उनीहरु अब कसरी ओलीसँग प्रतिवाद गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । कतिपयले ओलीसँग मिलेरै जाने की भन्ने विषय पनि उठाएको स्रोतले बताएको छ । तर नेपाल लगायत शीर्ष नेताहरु भने अब ओलीसँग औपचारिक रुपमै अलग भएर जाँदा राजनीतिक रुपले फलदायी हुने तर्क गरेका छन् ।
ओली पक्षले कर्णाली प्रदेश जस्तो नियति अन्यत्र नदोहरियोस् भनेर नरहे बाँस नरहे बाँसुरी भन्ने निश्कर्ष निकालेको बुझिएको छ । नेपाल पक्षमा लागेका प्रतिनिधिसभा सदस्यहरुमध्ये समानुपातिक सदस्य हटाएर नयाँलाई बनाउने र प्रतिनिधिसभा सदस्यहरुलाई पदमुक्त गरी अर्ली इलेक्सनको वातावरण बनाउन समेत यो रणनीति अपनाइएको बताइएको छ ।
अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार