प्रदेश नं १ मा दुर्घटनाबाट मानवीय क्षति वृद्धि
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ बुधबार २:२४:२८
७ वैशाख, झापा । कोरोना कहरको अवधि मानिएको २०७७ सालमा प्रदेश नं १ मा सवारी दुर्घटनामा मानवीय क्षतिको घटना बढेको पाइएको छ । विसं २०७६ मा ३८१ को सवारी दुर्घटनामा मृत्यु भएको तर २०७७ मा मृत्युको सङ्ख्या बढेर ४०२ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनका अनुसार २०७७ सालमा प्रदेशभरि दुई हजार ६४५ वटा सवारी दुर्घटना भएको र चार हजार ५४ घाइते भएका थिए । जबकी २०७६ सालमा दुर्घटना सङ्ख्या एक हजार ४०५ मात्र थियो भने घाइते सङ्ख्या दुई हजार ४१२ थियो । कोरोना कहरका बेला २०७७ सालमा प्रहरीले अवैध काठ चोरी निकासी, नदीजन्य पदार्थको दोहन र भन्सार चोरी निकासीका घटनामाथिको कारवाही पनि बढेको पाइएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएअनुसार सो वर्ष काठ चोरी निकासी कार्यमा संलग्न ५५ अभियुक्त पक्राउ परेको र तीन हजार एक क्युफिट काठ बरामद भएको थियो । विसं २०७६ मा १९ जना अभियुक्त पक्राउ परेका थिए । ७६४ क्युफिट काठ बरामद भएको थियो । विसं २०७७ मा प्रदेशभरि नदीजन्य पदार्थको दोहनमाथिको कारवाहीका क्रममा १४१ अभियुक्त पक्राउ परेका र ७०६ थान सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सोही अभियोगमा २०७६ सालमा ८४ मात्र पक्राउ परेका थिए भने ३०७ थान सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीको अभिलेखमा पाइएको छ । भन्सार चोरी निकासी नियन्त्रणतर्फ प्रदेशभरि २०७७ सालमा १५० अभियुक्त पक्राउ परे भने २०७६ मा ७० जना मात्र पक्राउ परेका थिए । प्रदेशभरि अपराधका मुद्दा दर्ता भने २०७७ सालमा घटेको पाइएको छ । प्रहरीको अभिलेखअनुसार सो वर्ष छ हजार ८७६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । वि.सं २०७६ मा सात हजार ७६३ वटा मुद्दा दर्ता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
चैत ५, २०८० सोमबार
प्रेमी हत्या आरोप लागेका शिवशंकर दास पनि मृत भेटिए
चैत ५, २०८० सोमबार
इलाम-२ मा एमालेबाट ६ जनाको नाम सिफारिस
चैत ४, २०८० आइतबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
शासकहरू
चैत ५, २०८० सोमबार
काभ्रेका अठार स्थानमा आगलागी, सात घाइते
चैत ६, २०८० मंगलबार
शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी उपलब्ध गराइने
चैत ६, २०८० मंगलबार
पशु बीमा गर्न कठिन भएकाे किसानकाे गुनासाे
चैत ६, २०८० मंगलबार
घाइते भन्छन्:- चालकको लापरबाहीले दुर्घटना भयो
चैत ६, २०८० मंगलबार