रुरु जलविद्युतको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १३:१६:१४
८ बैशाख, काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले भर्खरै आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
उक्त आईपीओ ग्रोलाप्रथाद्वारा गरिएको वितरणमा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको थियो । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको थियो ।
कति पाउला ओपनिङ्ग रेञ्ज ?
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११८ रूपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११८ रूपैयाँ ८४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३५६ रुपैयाँ ५२ पैसा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार