भारतको कर्नाटकमा रात्रिकालिन कर्फ्यू
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १६:२४:९
८ वैशाख, एजेन्सी । कोरोना भाइरसको सन्त्रासका कारण भारतको कर्नाटक राज्यले रात्रिकालिन कर्फ्यू लगाउने घोषणा गरेको छ।भारतभर कोरोना भाइरसको संक्रमण निरन्तर उकालो लागेपछि नियन्त्रणका लागि भन्दै कर्नाटक राज्यले अप्रिल २१ बुधबारदेखि मे ४ तारिकसम्मका लागि रात्रिकालिन कफर्यू जारी गरेको हो।
कर्फ्यू बुधबार राति ९ बजेदेखि बिहान छ बजेसम्म रहने भारतीय सञ्चार माध्यमले जनाएका छन्। कर्नाटकमा एकै दिन २१ हजार ७ सय ९४ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ।
कर्नाटकममा अहिलेसम्म भाइरसका कारण १३ हजार छ सय ४६ जनाको मृत्यु भइसकेको छ। त्यहाँ कूल संक्रमित संख्या ११ लाख ९८ हजार छ सय ४४ पुगेको छ। कर्नाटक राज्यले अत्यावश्यक सेवा बाहेक सबै क्षेत्रमा पूर्णरुपमा कर्फ्यू लागु गर्ने जानएको छ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ९४ हजार १ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। सोही समयमा २ हजारको मृत्यु भएको छ।
भारतमा कोरोनाका कारण बुधबारसम्म १ लाख ८२ हजार ५ सय ७० जनाको मृत्यु भइसकेको छ भने २१ लाख ५० हजार १ सय १९ जनाको उपचार भइरहेको छ।
त्यस्तै भारतको तेलंगाना राज्यले पनि ३० अप्रिलसम्म १० दिनका लागि रात्रिकालिन कर्फ्यू घोषणा गरेको छ। रात्रिकालिन कर्फ्यू राति ९ बजेदेखि बिहान ५ बजेससम्म रहने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार