मंगलबार , जेठ ४, २०७८

मञ्जुश्री फाइनान्सको मुनाफा ९४.१६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार

मञ्जुश्री फाइनान्सको मुनाफा ९४.१६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार

८ बैशाख, काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिसम्ममा फाइनान्सको मुनाफा करिब २ गुणा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.१६ प्रतिशत अर्थात १.९४ गुणा बढी हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समीक्षा अवधिमा फाइनान्सको ब्याज आम्दानी १.५८ प्रतिशत घटेको छ। तर, फाइनान्सको खुद फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ४०.८२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३२७.५३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा १०४.४७ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २८ करोड २१ लाख ३१ हजार रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.०१ प्रतिशत बढी हो।

खुद नाफा बढेसँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३३ पैसा बढेर ५१ रुपैयाँ ८२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ९.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ९३ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी १८ प्रतिशत बढेको छ भने जगेडा कोष ३६.८४ प्रतिशत बढेको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय