सुनौलो हजारका आमालाई उपाध्यक्ष पोषण कोसेली
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १८:४४:१६
८ वैशाख,खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत विभिन्न खाद्य सामग्री तथा लत्ता कपडा एवं सरसफाइका सामग्री उपलब्ध गराइएको छ । उपाध्यक्ष विष्णु बुढाका अनुसार गर्भवती र सुत्केरीलाई धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सी चामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना, बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल, नङकाट, नुहाउने साबुन र झोला दिने गरिएको छ ।
पालिकाको चालू आव २०७७÷७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो । गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, पारिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ । कार्यक्रमका लागि रु १५ लाख विनियोजन भएकोमा अपुग देखिएपछि थप रु १० लाख आवश्यक रहेको उपाध्यक्ष बुढाले बताए ।
असार मसान्तसम्म एक हजार १७७ गर्भवती तथा सुत्केरीलाई पोषण कोसेली उपलब्ध हुने उपाध्यक्ष बुढाले भने, “नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रमबाट खासगरी विपन्न वर्गका महिलाले निकै राहत महशूस गरेका छन् । घर आँगनमै पोषिलो कोसेली पाउँदा निकै खुसी भएको तिला गाउँपालिका– २ की मधु परियारले बताईन । एक छोरा एक छोरीको आमा बनेकी परियारले भनीन्, “स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले गर्भवतीलाई निकै राहत पुगेको छ ।’’
सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको स्थानीयवासी सरस्वती रोकायाले बताए । गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपूर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठूलो सहयोग मिलेको रोकायाले बताए ।
उनी भन्छिन्, “गरिबी र अशिषाका कारण यहाँका महिलामा कार्य बोझ निकै छ । पोषिलो खानेकुरा त के राम्रोसित आराम पनि पाउँदैनन् । उनीहरु अधिकांशको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ ।’’ उपाध्यक्ष कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरीको समयमा अपनाउनु पर्ने सावधानी र आवश्यक पोषणको महत्वका बारेमा गराएको जानकारीले शिशु तथा मातृमृत्यु दरलाई पनि कम गर्न सकिने निकै महत्वपूर्ण सन्देश दिएको छ । गर्भवतीलाई सचेत बनाएको रोकायाले बताईन ।”
आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षको कोसेली कार्यक्रम प्रभावकारी भएको वडाध्यक्ष कलिबहादुर रावतले बताए । गाउँपालिकाले ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूलमन्त्रलाई अघि बढाएको छ । दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पत्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष बुढाले बताए । गत आवमा नियमित गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी गराएका आमालाई मात्र पोषण कोसेली दिइएको थियो ।
पोषण कोसेली लिएर उपाध्यक्ष बुढा यतिबेला गाउँगाउँमा पुग्न थालेकी छिन् । सो अवसरमा अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तानभन्दा बढी बच्चा नजन्माउनका लागि सुझाव र राय सल्लाह दिने गरेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार