सभामुखविरुद्ध परेको मुद्धाको आज सुनुवाइ हुन सकेन
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २०:२३:२१
८ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्धाको संवैधानिक इजलासमा पेसी तोकिए पनि आज सुनुवाइ हुन सकेन। उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीशसहित रहेको बेन्चमा आज बुधबारका लागि पेसी तोकिएको थियो।
नियमित पेसी चढे पनि अन्य धेरै मुद्दा तीभन्दा माथि रहेकाले उनको मुद्दाको सुनुवाइ आज हुन नसकेको हो। ०७६ फागुन ३० गते मुद्दाको पहिलो पेसी चढाइएको थियो। तर, हेर्न नभ्याइएपछि सुनुवाइ सारिएको थियो। काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सभामुख सापकोटामाथि लागेको छ। ०६२ वैशाख १६ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए।
साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्। उनको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। २०६४ फागुन २२ मा सर्वोच्च अदालतले आदेश दिएपछि जाहेरी दर्ता भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार