विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई आईजीपी थापाकाे निर्देशन
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बिहिबार २:२३:१५
८ वैशाख, काठमाडौं ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व संकलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागुऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिए ।
काठमाडौंमा आज आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा संक्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशनसमेत दिए । सो क्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दार÷प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समेत समीक्षा गरिएको थियो ।
कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले भर्चुअलरुपमा तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले कार्यक्रममा उपस्थित भई आआफ्नो कार्यालयबाट गत चैतमा सम्पन्न भएका कार्यसम्बन्धी प्रस्तुतीकरण गरे ।
प्रस्तुतीकरणमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापनका विषयमा समीक्षा गरिएको थियो ।
यस्तै मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वद्र्धन, सुरक्षा निकाय तथा अन्य निकायसँगको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नवीनतम् कार्यको शुरुआत तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार