भकारीमा माछापालन गर्दै शिवाकोटी दाजु–भाइ
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १६:४०:२४
९ वैशाख,झापा । वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गरेका इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।
हाल १६ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा माछा, कुखुरा र बाख्रापालन भइरहेको छ । आगामी दिनमा १० कठ्ठा जमिन लिजमा थपेर व्यवसाय विस्तार गर्ने उनको योजना छ । आगामी दिनमा कुखुराको दाना उत्पादनलाई समेत प्राथमिकतामा राखिएको उनले बताए । माछा र कुखुरा किन्न स्थानीयवासी फार्ममै आइपुग्ने गरेका छन् । “स्वदेश फर्केर यही विधिबाट माछा पाल्ने सोचेको थिएँ”, उनले भने, “अहिले दाजुसँग मिलेर फार्म दर्ता गरी माछा र कुखुरा पाल्दैछौँ ।” तीन वर्ष मलेशियामा बिताउँदा उनले इन्डोनेशियाली प्रविधिमा आधारित माछापालनलाई नजिकबाट नियालेको बताए ।
यो प्रविधिअनुसार माछा पाल्नका लागि जमिनमा पोखरी खन्नु पर्दैन । जमिनमाथि नै प्लास्टिकको भकारीमा पानी भरिन्छ र माछाका भुरा छाडिन्छ । यसरी भकारीमा एकपल्ट भरिएको पानी माछा हुर्किन्जेलसम्म काम लाग्छ । माछालाई सास फेर्न सहज होस् भनेर पानीमा अक्सिजनको मात्रा बढाउन मेशिन जडान गरिन्छ । माछाको आहार त्यही भकारीमा हालिन्छ । सुनिललाई यो व्यवासायमा दाजु दीपक शिवाकोटीको दर्बिलो साथ छ । दीपक पनि सशस्त्र प्रहरीमा सात वर्षको जागिर छाडेर माछापालन व्यवसायमा लागेका हुन् ।
शिवाकोटी दाजु–भाइले जमिनमाथि भकारी राखेर माछा पाल्ने आधुनिक र वैज्ञानिक कृषि प्रणालीलाई भित्र्याएकोमा स्थानीयवासी हर्षित छन् । यसअघि जमिनमुनि पानी जमाएर प्राकृतिक वा कृत्रिम पोखरीमा माछा पालिएको मात्र देखिएको स्थानीय पत्रकार डम्बर बरालले बताए । उनले भने, “विदेशमा बस्दा उनले प्रविधि सिकेर आफ्नो देशमा भित्र्याएका छन्, यो ज्यादै खुशीको विषय हो ।”
एउटै थलोबाट माछा, कुखुरा र बाख्रा पाल्ने आफूहरुको योजना रहेको दीपकले बताए । यो व्यवसायमा हालसम्म रु ६० लाख लगानी भइसकेको र आगामी दिनमा थप रु ६० लाख लगानी हुने उनीहरुको भनाइ छ । उनीहरुले आफ्नो कमाइले भ्याएर लगानी गरेका होइनन् । विभिन्न बैंकबाट कर्जा लिएको बताए ।
पोखरी निर्माणमा जमिन खन्नु नपर्ने र एकपटक प्रयोग गरेको पानीले सधैँलाई पुग्ने हुँदा पानीको समेत बचत हुने उनीहरुले जानकारी दिए । पोखरी निर्माणमा आवश्यक पर्ने सामान भने चीनबाट आयात गरिएको छ । आगामी दिनमा थप २० वटा पोखरी निर्माण गर्ने शिवाकोटी दाजुभाइको योजना छ । आफ्नो एकल लगानीमा यति ठूलो कृषि फार्म सञ्चालन गर्दा सरकारी पक्षबाट भने कुनै सहयोग र प्राविधिक सेवा नपाएको उनीहरुको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार