आज पनि नेपाल समुहका सांसद छलफलमा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १७:१९:४
९ वैशाख, काठमाडौं । माधव-झलनाथ पक्षका सासद्हरू छलफलमा जुटेका छन्। बुद्धनगरस्थित सहाना प्रधान प्रतिष्ठानमा उनीहरु केहीबेर अघिदेखि छलफलमा जुटेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तीनदिन भित्र बुझाउन भन्दै स्पष्टीकरण सोधेपछि आफूहरू थप रणनीति बनाउन छलफलमा जुटेको स्रोतलले जनाएको छ ।
यसअघि स्पष्टीकरण सोधिएको दिन पनि माधव-झलना पक्षले छलफल गरेको थियो। एक्लाएक्लै स्पष्टीकरण सोधिएकाले जवाफ पनि त्यसै अनुसार दिने उक्त पक्षको रणनीति छ। आजको छलफलले थप केही निर्णय गर्नसक्ने बताइएको छ।
हिजो साँझ मात्र नेकपा एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच लामो समयपछि वार्ता भएको थियो । काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा भएको करिब २ घण्टा लामो वार्तामा सकारात्मक भएको बताइएको छ ।
बुधबार मात्र ओलीले फागुन २८ पछि गरेका सबै काम खारेज गर्न माग गर्दै नेपाल पक्ष सर्वोच्च पुगेको थियो। तर उसले दायर गरेको रिट भने दर्ता भएको छैन। सोही दिन हिजो दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीसँग भेट गरी वार्ताबाट अघि बढ्न सुझाव दिएका थिए। लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्तालाई महत्वका साथ हेरिएको छ।
यता पार्टीमा देखिएको विवाद समाधान बारे असन्तुष्ट नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू पक्षीय नेताहरूसँग छलफल गरेका छन् ।
ओली र नेपालबीच बुधबार साँझ भएको वार्तामा के भयो भन्ने यकिन विषय सार्वजनिक भएको छैन। तर, नेपालसितको छ्लफल लगत्तै बालुवाटार पुगेर ओलीले आफू निकटका नेताहरूसँग छ्लफल गरेका हुन्। स्रोतका अनुसार नेता नेपालले पनि आफू निकट केही नेताहरूलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँगको वार्ताका बारेमा जानकारी गराएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार