सुत्केरीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १७:२५:५६
९ वैशाख,काठमाडौं। प्रत्येक वडामा स्थापना गरिएको बर्थ सेन्टरमा आएर सुत्केरी हुने महिलालाई सरकारले उपलब्ध गराएको रु तीन हजार भत्ता ९सुत्केरी पोषण खर्च०मा गाउँपालिकाले सतप्रतिशत थप गरेको छ । कारणवश कुनै सुत्केरीलाई उपचारका लागि काठमाडौँ लान र ल्याउन परेमा पनि पालिकाले त्यसका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्दैआएको छ ।
सुत्केरीलाई स्वास्थ्यकर्मी घरदैलोमै पुगेर उपचार सेवा दिने व्यवस्था कडाइका साथ लागू गरिएको छ । उक्त सेवापछि त्यस क्षेत्रमा मातृशिशु स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको छ । स्वास्थ्य केन्द्रमा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । मातृभाषा संरक्षणका लागि गुम्बामा शिक्षाका अतिरिक्त सरकारी विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न विद्यार्थीलाई आवासीय पठनपाठन, शिक्षक र विद्यार्थीलाई निःशुल्क खाजाजस्ता लोकप्रिय कार्यक्रम पनि गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाभित्र हाल १० वटा माध्यमिक विद्यालय रहे पनि कतिपय विद्यार्थी घरबाट दिनानुदिन दुई घण्टा धाएर विद्यालय पुग्नै पर्ने स्थितिलाई आवासीय अध्ययन अध्यापनको व्यवस्थाले विद्यार्थीलाई उत्साहित तुल्याएको छ । गाउँपालिका हेलम्बु क्षेत्रका सरकारी विद्यालयलाई नमूना बनाउने कोसिस गरिरहेको छ ।
हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने क्रममा करिब एक साताको पदयात्रा ९ट्रेकिङ० गर्न मिल्ने नमूना पदमार्ग निर्माणलाई निकै महत्व दिएको छ । करिब ६० किलोमिटरको रहने उक्त पदमार्ग राष्ट्रिय गौरवकै रूपमा रहने विश्वास गरिएको छ । देशको राजधानीबाट करिब ५० किलोमिटरको दूरीमा रहेको हेलम्बु क्षेत्रमा बन्ने पदमार्ग हिउँसँग खेल्न चाहनेका लागि रोजाइको आकर्षण गन्तव्य बन्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार