आइतबार , जेठ २, २०७८

बैंक वित्तीय संस्थाविरुद्ध उजुरी गर्न अनलाईनबाटै गुनासा दर्ता गर्न सकिने

बैंक वित्तीय संस्थाविरुद्ध उजुरी गर्न अनलाईनबाटै गुनासा दर्ता गर्न सकिने

९ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाईनबाटै बैंक सम्बन्धी गुनासो दर्ता गर्न सकिने पोर्टल सञ्चालनमा ल्याएको छ । उक्त पोर्टलबाटै गुनासो दर्ता, गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त गर्न सकिनेछ ।

गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्र बैंकले भनेको छ,‘ इजाजतपत्र अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था-एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ http://gunaso.nrb.org.np/ पोर्टल सञ्चालनमा ल्याइएको छ ।’

गुनासो दर्ता नमूना

gunaso

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय