बाल विवाहदेखि साइबर अपराधको उजुरी महिला आयोगमा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:३:४७
९ वैशाख,काठमाडौं । राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।
यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्धविच्छेद, बहुविवाह, ज्यान मार्ने उद्योग, हत्या र कुटपिटविरुद्धका उजुरी पनि उल्लेख्यरूपमा बढेका आयोगका अध्यक्ष कमलाकुमारी पराजुली बताउछिन् ।
जन्मदर्ता, विवाहदर्ता, नागरिकताको प्रमाणत्र प्राप्तिका निम्ति सिफारिश नपाएका, सम्पत्ति हस्तान्तरणका लागि आवश्यक कागजात नपाएका महिलाका उजुरी पनि आयोगमा प्रशस्तै दर्ता भएका जनाउँदै उनले साथी, बाल अधिकार संरक्षणमा क्रियाशील संस्था (सिविन), कानूनी सहयोग तथा परामर्श केन्द्र ९ल्याक०, मानव सेवा आश्रम तथा स्थानीय निकायसँगको साझेदारीमा समस्या समाधानमा लागेको जानकारी दिइन् ।
पीडितलाई कानूनी परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, आश्रयस्थलको व्यवस्था, पुनःमिलन, उद्धार, औपचारिक शिक्षा र मानसिक स्वास्थ्य सेवा पनि आयोगले प्रदान गरिरहेको उनले बताए । ‘खबर गरौँ ११४५ हेल्पलाइन’ सञ्चालन गरेर आयोगले उजुरी व्यवस्थापनका साथै बालबालिकाका लागि विशेष सहयोग, सेवा प्रदायक निकायसँग समन्वय, मुद्दा दायर गर्न सिफारिश गर्नाका साथै मेलमिलापसमेत गराउँदै आएको छ ।
बीस वर्षअघि स्थापना भएको आयोग छ प्रदेशका १९ जिल्लामा विस्तार गरिएको छ भने यसलाई सातै प्रदेश एवं ७७ वटै जिल्लामा पु¥याउने मार्गचित्र तयार गरेर आयोग अघि बढिरहेको अध्यक्ष पराजुली बताउछन् । पर्याप्त स्रोत र साधनको अभावमा लक्षित उपलब्धि हासिल गर्न कठिन भएको उनको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार