ओली प्रभावशाली नेताहरुलाई तान्ने रणनीतिमा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:२१:५
९ वैशाख, काठमाडौं । झण्डै डेढ महिनाको सम्बादहिनतापछि हिजो दिउँसो प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले कारबाही भोगिरहेका नेता माधवकुमार नेपाललाई भेट्न बालुवाटार बोलाए । तर नेता नेपालले बालुवाटार नआउने अडान लिए । त्यसपछि ओलीले त्यसो भए नक्सालस्थित एउटा होटलमा भेट्न प्रस्ताव गरे । नेता नेपालले स्वीकार गरे ।
साँझ करिव पौने ६ बजे नेता नेपाल होटल पुगे । लगत्तै प्रधानमन्त्री ओली पनि आइपुगे । दुई घण्टा ओली र नेपाललाई ढोका थुनेरै राखियो । लामै कुरा भए । करिव ८ बजे वार्ता सकियो । नेताहरुले प्रतिक्रिया दिएनन् । तर राजनीतिक वृत्तमा हल्ला फैलाइयो – एमाले फेरि एकढिक्का हुने भयो । पूर्व मन्त्रीसमेत रहेका नेपाल पक्षीय नेता गोकर्ण विष्टले सामाजिक सञ्जालमा लेखे– कालो बा्दलमा चाँदीको घेरा हुने रहेछ । अब पार्टीमा नयाँ उत्साह सञ्चार हुने भयो ।
तर साँझै नेता नेपालले आफूनिकट नेताहरुलाई खासै सकारात्मक वातावरण नबनेको जानकारी दिएका थिए । आज बिहान प्रधानमन्त्री ओलीले बल्खुमा पार्टी कार्यालयको शिलन्यास गर्दै दिएको मन्त्व्यले पनि त्यही संकेत ग¥यो । ओलीले भने– नेपालहरु अहिले पनि गुटबन्दीमै छन्, तर गुटबन्दी छाडेर आउने हो भने क्षमताका आधारमा जिम्मेवारी दिन सकिन्छ ।
गुटबन्दीले पार्टी ध्वस्त बनाएको र नेपालहरुले देशैभरि नयाँ पार्टी गठन गरेर एमालेको झण्डा र चुनाव चिह्नको दुरुपयोग गरेको आरोपसमेत लगाए । ओलीले प्रष्टै भनेका छन्–सकेसम्म पार्टी नफुटोस् भनेर मनाउने प्रयास गर्दैछौं मानेनन् भने विधि र प्रकृया अनुसार कारबाही हुनेछ ।
सिता एमालेको खाने गीता माओवादीको गाउने ? त्यो सैह्य छैन भन्दै ओलीले समयमै सच्चिएर आए पार्टीमा क्षमता अनुसार जिम्मेवारी दिइने नभए बाटो लागे हुन्छ ।
ओलीका यी वचनले हिजोको भेट केवल देखावटी मात्र भएको प्रष्ट हुन्छ । उनी चाहन्छन् – दुनियाँले ओलीले त पर्याप्त मौका र अवसर दिएको तर नेपालहरुले नै नचाहेका रहेछन् भन्ने सन्देश जाओस् । त्यही देखाउन उनले हिजो नेपाललाई भेट्ने नाटक मञ्चन गरेका थिए । नेता नेपाललाई भेट्न योगेश भट्टराईले जोडबल गरेका थिए ।
स्रोतका अनुसार, योगेश र गोकर्णहरु पनि अब ओली पक्षमा जान तयार भएका छन् । त्यसका लागि एकपटक ओली लचक भएको सन्देश जाओस् भन्ने मात्र चाहन्थे । त्यसैका लागि ओलीले हिजो नेता नेपाललाई भेट्न बोलाएका थिए । नत्र दुई घण्टासम्म दुबै नेताबीच वान टू वान टक हुँदा समेत केही सहमति बन्न किन सकेन त ? कारण त्यही थियो । ओली अरुलाई देखाउनका लागि मात्र यस्तो भेट गर्न चाहन्थे ।
योगश र गोकर्णहरुलाई ओली क्याम्पमा फर्काउन सजिलो होस् भनेर मात्रै हिजोको भेटघाटको नाटक गरिएको कुरा नेता नेपालले पछि मात्रै बुझे । त्यसको संकेत आज बिहान बुद्धनगरस्थित साहना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले गरे । निकट नेताहरुलाई बोलाएर उनले यसबारे छलफल गरे । उक्त छलफलमा योगश र गोकर्ण उपस्थित छैनन् ।
बिहानको छलफलमा नेता नेपालले हिजो साँझ ठोस प्रस्ताव वा विषयमा छलफल नगरिएको बरु ओलीले आफ्ना गुनासा मात्रै पोखेको जानकारी दिए । यति गर्नका लागि किन बोलाइयो भनेर बुझ्नै गाह्रो भएको प्रतिक्रिया नेता नेपालले दिए । ओलीको यो शैली र प्रवृत्तिले नेपाललाई गलाएको देखिन्छ । ओली सत्तामा रहुञ्जेल नेपालको राजनीतिक शक्ति क्षयीकरण हुने अनुमान गरिएको छ । नेपालसँग रहेका नेताहरुलाई ओलीले व्यक्तिगत रुपमै डिल गरेर आफूतिर तान्न सफलता पाइरहेका छन् । यही क्रमको श्रृँखलाका रुपमा अहिले योगश र गोकर्णहरु आइपुगेका छन् ।
यसअघि मात्रै नेता नेपालका ज्यादै निकट मानिने केन्द्रीय सदस्य विष्णु रिजालसमेत ओली गुटमा प्रवेश गरिसकेका छन् । अब विस्तारै अरु प्रभावशाली नेताहरुलाई समेत आफूतिर तान्ने रणनीति ओलीले बनाएका छन् । ओली चाहन्छन्–माधव, झलनाथ, भीम रावल , घनश्याम र सुरेन्द्र पाण्डे बाहेक सबै आफूतिर आउन् । त्यसैका लागि यो प्रपञ्च रचिएको हो । बालुवाटार निकट स्रोतका अनुसार, भोलि हुने केन्द्रीय कमिटी बैठकमा योगेश , गोकर्ण लगायत नेताहरु सहभागी हुने छन् । सोही बैठकबाट केही नेतालाई थप कारबाही गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार