१० वर्षदेखि खानेपानीको चरम अभावमा लङ्गाउँ
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:३१:४४
९ वैशाख,गलकोट । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त गरेका छन् । खानेपानीको समस्या भएपछि विसं २०३४ मा बागलुङ–६ धारापानीको मुहानबाट पानी ल्याएर खाँदै आएका लङ्गाउँवासीलाई पुनः १० वर्षअघिदेखि खानेपानी समस्याले सताउन थालेको छ ।
जनसङ्ख्या वृद्धिदर बढ्दै जानु र धारापानीको मुहान सुक्दै जान थालेपछि विगत १० वर्षदेखि लङ्गाउँमा खानेपानीको हाहाकार हुँदै आएको स्थानीयवासी टेकबहादुर थापाले बताए । “हिउँदको चार महिनामा खानेपानीको निकै समस्या छ, दुई दिन बिराएर धारामा दुई गाग्री पानी आउँछ”, थापाले भने, “एकै ठाउँमा बस्ती छ, थोरै खानेपानीले पुग्दैन, सरसफाइ र पशुका लागि लङ्गाउँमुनिको गोजीको धारोबाट बोकेर ल्याउँछौँ, आउन जान आधा घण्टा लाग्छ ।”
बजार नजिकैको घर भएरसमेत हिउँदमा दुर्गममा जस्तो खानेपानी बोक्नुपर्ने समस्या पीडादायी भएको उनको गुनासो छ । पटक–पटक एक घर एक धाराको कुरा आए पनि हालसम्म कुनै काम हुन नसकेको स्थानीयवासी याम थापाले जानकारी दिए । अहिले लङ्गाउँका लागि भनेर भिरलाखुरीमा एक लाख लिटरको खानेपानी ट्याङ्की निर्माण भए पनि काठेखोलाको पानी तानेर ल्याउनुपर्ने नगर खानेपानीको आयोजना अगाडि नबढ्दा समस्या भइरहेको छ ।
खानेपानी समस्या समाधानका लागि बागलुङ नगरखानेपानी र नगरपालिकाको साझेदारीमा काठेखोलाको पानी लिफ्टमार्फत माथि ल्याउने काम भइरहे पनि समयमै नसकिँदा सोही लिफ्टको पानीमाथि लगेर लङ्गाउँ पु¥याउने कार्य अलपत्र पर्दै आएको छ । हिउँदको फागुन, चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । अहिले लङ्गाउँका साुदायिक धारामा रित्ता गाग्री छरपष्ट देख्न पाइन्छ ।
अहिले लङ्गाउँका बासिन्दाले भिरलाखुरीमा बनाइएको ट्याङ्की हेरेर काठेखोलाको पानी कुर्दै बसेका छन् । मुख्य खानेपानी आयोजनाको काम पूरा नहुनु र भिरलाखुरी पम्पमार्फत पु¥याउने खानेपानीको कामको कुनै सुरसार नहुँदा अझै केही वर्ष खानेपानीको अभाव झेल्दै बस्नुपर्नै लङ्गाउँवासीको पीडा छ ।
नगरपालिकाले खानेपानीका लागि अधिकतम प्रयास गरेर तल्लो लङ्गाउँमा खानेपानी पु¥याएको भए पनि उपल्लो लङ्गाउँमा समस्या समाधान केही वर्षमा हुने नगर प्रमुख जनकराज पौडेलले बताए । नगर खानेपानीको काम सकिएर काठेखोलाको पानी रातामाटा पुग्नासाथ पुनः एक लाख लिटरको ट्याङ्की निर्माण गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार