६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:४३:२९
९ बैशाख, काठमाडौं । बिहीबार नेप्सेमा ६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । आज नेप्सेमा बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन लाइफ र एनसीसी बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
२ बजेको समयमा नेप्सेमा सामान्य अंकले करेक्सन आउदा यी ६ कम्पनीको शेयरमूल्य भने उच्च दरले बढेको छन् ।
यो दिन बिशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले बढेको हो । त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।
यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । बिशाल बजार कम्पनीको हकमा कम्पनीको शेयर कारोबार तीन महीनादेखि रोक्का रहेको थियो । तीन महीना पछि शेयर कारोबार खुला हुँदा लगानीकर्ताको आर्कषण बढेको हो ।
बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३ हजार १६८ पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य प्रतिकित्ता २८६, महिला लघुवित्तको शेयर मूल्य १ हजार ९४२, ग्रीन डेभलपमेण्ट बैंकको २३२, ज्योति लाइफ इन्स्योरेन्सको ९०८ र एनसीसी बैंकको ३४६ पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार