४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २१:५०:२०
९ वैशाख,वीरगञ्ज । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताए । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग स्वीकृतिको लागि फाइल पठाइएको र स्वीकृत भएर आएपछि वित्तीय मूल्याङ्कन गरी ठेकेदार छनोट गरिने सो कार्यालयले जनाएको छ ।
निर्माण हुने ती पाँच पुलमध्ये रु १२ करोडको लागतमा पर्साको रविदास–वञ्जारी जोड्ने सिकटा खोलामा निर्माण हुनेछन् । सो पुलको लम्वाइ ५० मिटर र चौडाई सात मिटर छ । मसियानी जगरनाथपुरको मध्यभागमा मधुवाहा खोलामा रु आठ करोडको लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइको सो पुल निर्माण हुनेछन् । बाराको कलैया–प्रस्टोका सडकखण्डअन्तर्गत रु साँढे ६ करोडको लागतमा संसारी माई खोलामा पुल बन्ने छन् । जसको लम्बाइ २५ मिटर र चौडाइ सात मिटर रहेको छ ।
यसैगरी बाराको टियर खोलामा रु आठ करोडको लागतमा पुल निर्माण हुनेछन् । इटहरी बेलाही सडक खण्डमा निर्माण हुने सो पुलको लम्बाइ ५० मिटर र चौडाइ सात मिटर हुनेछन् । बारागढी–टेढाकट्टी सडक खण्डको चिउटाहा खोलामा रु आठ करोडको लागतमा अर्को पुल बन्ने छन् । सो पुलको लम्बाइ ४० मिटर र चौडाई सात मिटर रहने छन् । बारा र पर्सामा निर्माण हुने सो पाँचवटा पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाउन रु दुई करोड निकासा भइसकेको र सो पुल निर्माणको ठेक्का साकार भइसकेपछि बाँकी बजेट प्रदेश नं २ सरकारले पठाउने कार्यालयले जनाएको छ । पर्सा र बारामा बन्न लागेको सो पुलको निर्माण भएपछि त्यस भेगका मानिसलाई आवतजावत गर्न सहज हुने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार