टीकापुर पूर्ण खोप सुनिश्चित पालिका घोषणा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २३:३२:२१
९ वैशाख,भजनी । टीकापुर नगरपालिका बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । विसं २०७४ मा पहिलोपटक पूर्ण खोप नगरपालिका घोषणा गरिएको पालिका घोषणा भएको हो । नगरपालिकाले २०७७ माघमा नगरभित्रको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
“जन्मेदेखि १५ महिनाका २८ बालबालिकालाई खोप नलगाएको सर्वेक्षणले देखाएको छ भने १६ देखि २३ महिना सम्मका १० बालबालिका खोप लगाउन छुटेका रहेछन्”, स्वास्थ्य शाखा प्रमुख रावलले भने, “ती सबै बालबालिकालाई खोपको दायरामा ल्याउनुको साथै वडा नं २, ६ र ८ मा दोहोरो परिक्षण गर्दा कुनै बालबालिका खोप लगाउनबाट नछुटेको पाइएपछि पूर्ण खोन सुनिश्चितता पालिका घोषणा गरेका हौँ ।” कैलाली जिल्ला खोप समन्वयसमितिका अध्यक्ष सूर्यबहादुर थापाले नेपाललाई सम्वृद्ध बनाउन बालबालिकालाई सम्वृद्धिको बाटोमा डो¥याउन आवश्यक रहेको बताए । उनले खोप पाउनु बालबालिका नैसर्गिक अधिकार भएको बताउँदै त्यस्मा सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
“टीकापुर पहिलेदेखि नै शिक्षित क्षेत्र हो । त्यहीँ शिक्षाकै कारणले स्वास्थ्यमा पनि नगरपालिका उत्कृष्ट बनेको छ”, थापाले भने, “त्यसमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका अझ बढी छ ।” उनले कोरोनाको जोखिम बढ्दै गएको बताउँदै त्यसको नियन्त्रणका लागि कैलालीका सबै स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताए ।
“अहिलेको समयमा विकास निर्माणका कामभन्दा स्वास्थ्यप्रति बढी जिम्मेवार रहनसहन आवश्यक छ । कोरोनाको संक्रमण समुदायस्तरसम्म फैलिसकेको देखिन्छ”, थापाले भने, “मानिसको जीवन रहे सबै कुरा हुन्छ । त्यसैले पनि स्वास्थ्य क्षेत्रमा सबैले जिम्मेवारी हुनुपर्छ ।” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बालबालिकाको भविष्य सुनिश्चित् गर्न सकेमात्र सम्वृद्ध समाज निर्माण हुनसक्ने भन्दै स्वास्थ्य क्षेत्रको विकासलाई नगरपालिकाले सधैँ प्राथमिकतामा राख्ने गरेको बताए ।
“बालबालिकालाई उनीहरूको नैसर्गिक अधिकारबाट वन्चित गरिनु हुँदैन”, ठकुल्लाले भने, “खोपले धेरै रोगसँग लड्नसक्ने क्षमताको विकास गर्ने भएकोले पनि खोपबाट कुनै बालबालिकालाई छुटाउनु राम्रो हुँदैन ।”
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले औषधोपचारले सञ्चो नहुने रोग खोपले सञ्चो हुने गरेको बताउँदै २०३४ सालमा दुईवटा एन्टिजेन खोपबाट शुरु गरेको अभियानमा अहिले १२ वटा रोगविरुद्धको खोप लगाइँदै आएको बताए । “जीवनमा खोपको महत्व धेरै छ । नेपाल सरकारले नै पूर्ण खोप सुनिश्चितताको लागि आह्वान गर्दै आएको छ”, प्रमुख धामीले भने, “स्वास्थ्यको क्षेत्रमा कैलालीका १३ वटै स्थानीय तहमा टीकापुर अगाडि छ । हामीले कतै उदाहरण दिँदा पनि टीकापुरको दिने गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार