नेपालमा अबको तीन महिनामा संक्रमण दर उच्च हुने
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १२:५५:१५
१० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोरोना संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोरोनाको युके भेरियन्टको संक्रमण दर उच्च भएकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।
आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष ‘आईसीयू’ आवश्यक पर्ने अनुमान गरिएको बताए । त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए ।
सचिव अर्यालले पछिल्लो केहीदिन काठमाण्डौका अस्पतालमा आएका कोरोना सङ्क्रमित बिरामीहरुको अवस्था छिटो गम्भीर अवस्थामा पुग्ने देखिएको बताए । सचिव अर्यालले कुल जनसङ्ख्याको ७६ प्रतिशतमा कोरोना विरुद्धको खोप लगाउने योजना बनाएको पनि बताए।
मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ८ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै, आउँदो आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार