वेटरदेखि होटल मालिकसम्म बनेका कृष्ण
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १६:१०:५१
१० वैशाख,चितवन । चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि उनले अर्को सपना देखे, त्यो हो होटलको मालिक बन्ने । त्यो सपना पनि अहिले पूरा गरेका छन् ।
ठूलो सपना देखेर त्यसलाई पछ्याउँदै गयो भने पूरा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् कृष्ण भट्टले । विसं २०३७ मा गोरखाको घ्याम्पेसालमा जन्मिएका भट्ट बाल्यकालमै नवलपरासीको दलदले परिवारसँगै आए । अध्ययनकै क्रममा १४ वर्षको उमेरमा मामा सीताराम पन्तले भट्टलाई रोजगारीका लागि नारायणगढको भेटघाट रेष्टुरेन्टमा ल्याए । भट्टले त्यहाँ १० वर्ष वेटर काम गरे । यस क्रममा साहुलाई रिझाएर रेष्टुरेन्टका सबै काममा उनले दक्खल हासिल गरे ।
भट्टले भने, “मैले गोविन्द दाइ ९भेटघाट रेस्टुरेन्टका सञ्चालक गोविन्द तिवारी० लाई भनेको थिएँ, विवाह गरेपछि आफैँ केही गर्छु ।” रोजगारीकै क्रममा रकम जोगाएर उनले कृष्णपुरमा एउटा घडेरी जोडिसकेका थिए । उद्देश्य थियो– त्यही बेचेर व्यवसाय गर्ने । जे सोच्नुभयो त्यो भएरै छाड्यो । विसं २०६२ चैतको जनआन्दोलनकै क्रममा भेटघाट नजिकै भट्टले ‘जमघट’ रेष्टुरेन्ट शुरु गरे । श्रीमान्, श्रीमती र दुई कर्मचारी राखेर रेष्टुरेन्ट शुरु भयो । “कैयौँ रात हामी राम्रोसँग सुतेका छैनौँ”, भट्टले विगतलाई सम्झँदै भने, “मूल्य बढ्दै गरेको घडेरी बेचेर थालिएको व्यापार तलमाथि भए कहाँ जाने भन्ने चिन्ता हामी दुवैलाई थियो । त्यही पनि रात दिनको हाम्रो मेहनत खेर गएन ।” त्यसो त भेटघाटमा रहँदा सेवाग्राहीसँगको सामिप्यताका कारणले कृष्ण खोज्दै आउने सेवाग्राहीका कारण व्यवसाय सफल भएको उनी बताउछन् ।
सेवाग्राही भेट्नासाथ सत्कारसँगै खिस्स हाँसेर सेवा दिने उनको स्वाभावका कारण एक पटक आएका सेवाग्राही फेरि आउने हुँदा उनलाई कहिल्यै पछाडि धकेलिन परेन । त्यसको सफलतासँगै उनले भरतपुरको बसपार्क चोकमा अर्को शाखा खोले । विसं २०७२ चैत ३ गते शाखा भरतपुरमा खुल्यो । एक कठ्ठा तीन धुर जग्गा आफैँले किनेर शुरु गरेको व्यवसायले निरन्तर सफलता प्राप्त ग¥यो । यसै क्रममा जोडिएको १६ धुर जग्गा थपेर उनले २० वटा कोठासहितको होटल शुरु गरे । होटलमा ८० जना क्षमताको सभाकक्षसँगै रेष्टुरेन्ट पनि छ । साठ्ठी जनासम्मलाई बसाइको सुविधा दिन सकिने होटलमा वातानुकूलित कोठाहरु छन् ।
आधुनिक र अधिकतम सुविधा दिने गरी आफूले होटल शुरु गरेको उनी बताउछन् । कमाएको रकम थपेर बैंकको सहायताले रु नौ करोड लागतमा होटल खोलेको भट्टको भनाइ छ । चालिस वर्षको उमेरमा दुईवटा रेष्टुरेन्ट र एउटा होटलको मालिक बनेका भट्टका व्यवसायमा अहिले २२ जनाले रोजगारी पाएका छन् । भट्टका दुई रेष्टुरेन्ट र होटलमा गरी दैनिक ३०० भन्दा बढीले सेवा पाउने गरेका छन् । भट्ट भन्छन्, “जे काम गरे पनि निरन्तर मेहनत ग¥यो भने सफलता हात पर्छ ।”
आफ्नो कडा परिश्रमकै कारण सफल भएको उनको भनाइ छ । यतिले मात्रै भट्टलाई चित्त बुझेको छैन । अरु शहरमा पनि जमघटको शाखा विस्तार गर्ने उनको योजना छ । देशभरबाट चितवन हुँदै आवतजावत गर्ने धेरैको रोजाइको खाजा ‘तास’ परिकार उनको रेष्टुरेन्टको मुख्य विशेषता हो । यसले मात्रै भट्टलाई चित्त बुझेन । अहिले उनले बिहानको खाजादेखि खाना हुँदै रातको आरामदायी बसाइसम्मका लागि सेवा दिँदै आएका छन् ।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतम भट्ट देशकै नमूना व्यवसायी भएको बताउछन् । काम सिकेपछि आफैँ उद्यमी बन्नुपर्छ भन्ने उदाहरण भट्टले प्रस्तुत गरेको उनको भनाइ छ । गौतमले भने, “युवावस्थामा कुनै पनि ठाउँमा काम सिकेपछि त्यसलाई उद्यममा परिणत गर्नु सफलता हो ।” यसको सिको सबै युवाले गर्नुपर्ने उनी बताउछन् ।
नेपालमा रोजगारी पाइँदैन भन्दै दिनहुँ विदेश पलायन हुने युवाहरुका लागि भट्ट उदाहरण बनेका छन् । सानो कामबाट शुरु गर्दै सफल व्यवसायी बन्ने विदेश जानु पर्दैन भन्ने शिक्षा उनको जीवनबाट पाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले सखाप
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार