घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १८:३२:५८
१० वैशाख, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन् ।
समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा बिहीबार र शुक्रबार बिहान हिमपात भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । हिमपात भएपछि अत्यधिक चिसो मौसम हुने भएकाले कक्षाकोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताए ।
उनले भने, “हिजो बिहानदेखि आज बिहानसम्म हिउँ परेको छ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो । पढाउनै पर्याे । हिमतापका कारणले मौसम एकदम चिसो छ ।” हिमपातले चौँरी याक साथै पशुपालकलाई पनिसमस्या भएको स्थानीय पेमा शेर्पाले बताए । ताप्लेजुङमा बिहीबार हिमपात हुँदा पाथीभरा क्षेत्रमा समेत हिउँ जमेको छ । बिहाबार ताप्लेजुङमा वर्षासँगै हिमाली क्षेत्र हिमपातले सेताम्य भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार