ओली र नेपाल दुवै शक्ति सञ्चयमा
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १८:३९:४२
१० वैशाख, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर धेरै खतरनाक रहेको भन्दै सरकारले २५ जनाभन्दा बढीलाई एकै ठाउँ भेलाहुन रोक लगाएको छ ।
तर, सरकारी संयन्त्र र सत्ताधारी पार्टीका गतिविधि भने विगत झैं चलिरहेका छन् । अझ प्रधानमन्त्री केपी ओली संकटग्रस्त भएका बेलाभन्दा अहिले सहज अवस्थामा रहँदाअ झैं तामझामका साथ बाक्लो उपस्थिति माझ कार्यक्रममा सहभागि भइरहेका छन् ।
पार्टी भित्र एकलौटी गर्ने ओलीको चाह हो । त्यसकालागि उनले अहिले सर्वोत्तम उपयुक्त अवसर ठानेका छन् । किनभने यतिबेला उनका पार्टी प्रतिस्पर्धीहरु कमजोर अवस्थामा छन् । खासगरी माधवकुमार नेपाल लगायतका उनका प्रतिद्वन्द्वीलाई तहलगाउने अवसर मिलेको छ यतिबेला ।
चार जना शीर्ष नेता जो ओलीका विरोधी हुन्, उनीहरु त ६ महिनाका लागि निलम्बित अवस्थामै छन् । बाँकी नेताहरुलाई पनि ओलीले स्पष्टीकरण सोधेको अवस्था छ । प्रतिनिधि सभामा रहेका २७ र कर्णाली प्रदेशका पाँच जनाले हिजै स्पष्टीकरण बुझाइ सकेका छन् ।
आज उनीहरुमाथि थप कारबाही गर्न ओलीले बालुवाटारमा केन्द्रीय कमिटी बैठक डाकेका छन् । संभवतः कर्णाली प्रदेशका पाँचै जना सांसद्हरुलाई आजैबाट हटाइने छ भने प्रतिनिधि सभाका केही सदस्यलाई केही समय भित्रै पदमुुक्त गर्ने प्रकृया अघि बढ्ने छ । यो निर्णय लिन ओलीले ठूलै भिड जम्मा गरेका छन् ।
ओलीको कारबाही भोग्न तयार माधव नेपालपक्षीय केही नेता नयाँ पार्टी नै गठन गर्ने निश्कर्षमा पुगेका छन् । स्रोत भन्छ– २७ सांसद्हरु मध्ये १२ जना चाहिं कुनै पनि हालतमा ओलीसँग बस्न सक्ने पक्षमा छन् । बाँकी १५ जना भने माओवादी पक्षसँग मिल्ने शर्तमा पार्टी विभाजनको निर्णय गर्नु नहुने पक्षमा छन् ।
यस्तो मत राख्नेहरुको चाहना कताकता ओलीतिरै ढल्कने जस्तो देखिन्छ । योगेश भट्टराई, गोकर्ण विष्ट र रामकुमारी झाँक्री जस्ता क्रान्तिकारीहरु समेत अहिले माओवादीभन्दा ओली नै वेश भन्ने पक्षमा पुुगेको अवस्था छ । तर झलनाथ खनाल, माधव नेपाल, भीम रावल जस्ता शीर्ष नेता भने अब ओलीसँग पुुच्छर लुकाएर जानुुभन्दा बेग्लै पार्टी खोलेर राजनीति गर्नु उपयुक्त हुने पक्षमा देखिएका छन् ।
अविश्वास प्रस्ताव दर्ता हुँदा ओली सरकार गिराउन माधव नेपालपक्षले फ्लोर क्रस गर्ने निश्चित छ । त्यसैले ओली त्यस्तो अवस्था आउनु अगावै नेपालहरुलाई पदमुक्त गर्न चाहन्छन् । त्यसैको कडीको रुपमा पछिल्ला गतिविधि सञ्चालित छन् ।
आजको केन्द्रीय कमिटी बैठकमा ओलीले लिने निर्णय पछि भने नेकपाको भविष्य प्रष्ट हुने देखिन्छ । कदाचित ओलीले नेपाल पक्षीय नेताहरुलाई कारबाही प्रकृया अगाडि बढाए भने एमाले औपचारिक रुपमै विभाजित हुने दिशातर्फ उन्मुख हुने छ । स्रोतकाअनुसार, नेता भीम रावलले नयाँ पार्टी गठन गरेर वाममोर्चा बनाउने तयारी गरेका छन् । उक्त अभियानलाई बल प्रदानगर्न नेता रावल सकृय रहेका छन् ।
ओलीले पनि केही समय नेपाल पक्षलाई अल्झाउने रणनीति लिएको देखिन्छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अन्तिम कसरत गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको ध्यान अर्कैैतिर तान्न ओलीले माधव नेपालसँग वार्ताको फण्डा फालेका छन् ।
गएको वुधबार र विहिबार ओलीले नेता नेपालसँग दुुई चरण वार्ता गरे । पहिलो दिन लचिलो देखिएका ओली भोलिपल्टै फेरि पुरानै रुपमा आए । जसले गर्दा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीलाई कांग्रेसले थाँती राखेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाले नेता नेपालले कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस गर्ने विश्वास दिलाएपछि अविश्वास प्रस्ताव दर्ता गर्न हौसिएका थिए । तर हिजो र अस्तीको नयाँ फण्डाले देउवा अलमलिएका छन् । ओलीको चाहना पनित्यही हो कि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता नहोस् ।
अविश्वास प्रस्ताव दर्ता हुँदा ओली सरकार गिराउन माधव नेपालपक्षले फ्लोर क्रस गर्ने निश्चित छ । त्यसैले ओली त्यस्तो अवस्था आउनु अगावै नेपालहरुलाई पदमुक्त गर्न चाहन्छन् । त्यसैको कडीको रुपमा पछिल्ला गतिविधि सञ्चालित छन् ।
ओलीको चाला नेपालले पनि नबुुझेका होइनन् । वुधबार राति भएको वार्ता त्यसैको चाला रहेको उनलाई थाहा थियो । नभन्दै भोलिपल्टै ओलीको बोली फेरियो । त्यसैले अब ओलीसँगको सहयात्रा कुनैपनि हालतमा फलदायी नहुने नेपाल पक्षको निश्कर्ष छ ।
ओलीले सर्वाेच्च अदालतले फागुन २३ गते गरेको निर्णयको समेत अवज्ञा गरी आफूहरुलाई पदमुक्त गर्न खोजेको भन्दै सर्वाेच्चमा नेपाल पक्षले रिट दायर गरेको अवस्था छ । सो रिट उपर आइतवार वहस हुने छ । यसबारे अन्तिम फैसला आएपछि मात्रै नेपाल पक्षले नयाँ रणनीति बनाउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार