दुई दशकपछि मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँदै
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १९:२७:७
१० बैशाख, काठमाडौं । करिब दुई दशकपछि मध्यपहाडी लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधेसम्मको सडकखण्डमा कामले केही तीव्रता पाएको छ।
लोकमार्गको ट्रयाक खुलेको २४ वर्षपछि बल्ल आएर कालोपत्र हुन लमगेको हो । सडक काम तीव्रता पाएसँगै यहाँका जनता लोकमार्गप्रति केही आशावादी बनेका छन्।
अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधेसम्मको २५ किलोमिटर सडकमा कालोपत्र गर्ने तयारी थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
लोकमार्ग कार्यालयको ताकेतापछि निर्माण सम्झौता भएको पाँच वर्षपछि उक्त सडक कालोपत्र गर्ने तयारीमा लागेको छ। अहिले बागलुङ बजारको उपल्लाचौरबाट धमाधम बेस बिछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ।
बागलुङको ‘लाइफलाइन’का रूपमा जोडिएको सडकमध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो।
उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारतरसिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपीरएससिएफरइसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरिएको थियो।
लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ। सदरमुकामबाट बिहुँसम्मको खण्डमा ठेक्का अवधि गत माघ १२ र बिहुँबाट घोडाबाँधे खण्डको ठेक्का गत माघ ९ गते सकिएसँगै कोरोनाका कारण असार मसान्तसम्म पुर्याइएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार