प्रचण्ड र माधवका कारण पार्टी विभाजन : ओली
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १९:४३:३०
१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको महत्वाकाँक्षाले गर्दा वामआन्दोलन तहसनहस भएको आरोप लगाएका छन् ।
आफ्नै सरकारी निवास बालुवाटारमा आज बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठकलाई संवोधनगर्दै अध्यक्ष ओलीले भने– कति दुख र कष्टका साथ मैले वामहरुको गठबन्धन र पार्टी एकीकरण गरेको थिएँ, तर माधव र प्रचण्डको पदलोलुपताले सबै ध्वस्तभयो ।
झण्डै दुई तिहाईको वहुमतलाई उहाँहरुले बार्गेनिङको अस्त्र बनाउनुभयो, प्रधानमन्त्री र पार्टी अध्यक्ष नभै नहुने गज्जबको व्यावहार देखाइयो – ओलीले भने – ए बाबा दुवै छाड्ने हो, तर प्रकृया अन्तर्गत । पार्टी अध्यक्षका लागि महाधिवेशन र प्रधानमन्त्रीका लागि अर्काे आमनिर्वाचन, त्यति पनि धैर्य नराख्ने ?
फागुन २३ गते सर्वाेच्चले गरेको फैसला प्राविधिक मात्र भएको प्रसंग निकाल्दै उनले भने– हामी त नेकपा रहँदै फुटिसकेका थियौं नि । मलाई साधारण सदस्यता समेतबाट निष्काशन गर्ने कत्रो हतारो ?
प्रचण्ड र माधवजीकै कारण पार्टी फुटेको हो, तर अझै समेट्ने प्रयास गरिरहेको स्मरण गर्दै ओलीले भने–यही प्रकृया अन्तर्गत मैले योगश भट्टराई र माधवजीसँग छलफल गरें, तर उहाँहरुमा कुनै सुधार छैन । पार्टी कब्जा गर्ने मनसायले अब एमालेमा आउनुको अर्थ पनि छैन ।
अहिले पनि आफूविरुद्ध विषवमन गर्ने काम भइरहेको भन्दै उनले नेपाल पक्षसँग गुनासो गरे । यस्तै हो भने किन एकैथलो भात भान्छा गर्ने बरु बाक्लो दाल खाँदा भयो नि त – ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार