नौ महिना १३.१२ प्रतिशतले बढ्यो आयात
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २०:३१:१७
१० बैशाख, काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा १३ दशमलव १२ प्रतिशतले आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १३.१२ प्रतिशतले बढेर ११ खर्ब १३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, नौ महिनामा व्यापार घाटा भने १० खर्ब नाघेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ९ खर्ब ८२ अर्ब ५३ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा १ खर्ब ३१ अर्ब आयात बढ्दा निर्यात भने १६ अर्बमात्र बढेको छ ।
अघिल्लो वर्षको तुलनामा झण्डै २० प्रतिशत निर्यात बढेर ९४ अर्ब ७६ करोड ११ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ७८ अर्ब ८१ करोड ८६ करोड ६१ हजार रुपैयाँको निर्यात भएको थियो ।
तर, आयात बढेसँगै मुलुकको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ थियो । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।
मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भटमासको तेलको कच्चा पदार्थ आयात गरेर नेपालबाट रिफाइन गरेर निर्यात हुँदा निर्यात उलेख्य बढेको विभागले जनाएको छ जसका कारण २८ अर्ब ८१ करोड ३४ लाख ८८ हजार रुपैयाँ बराबरको भटमासको तेल नौ महिनामा निर्यात भएको छ । भारतले पाम आयल प्रतिबन्ध लगाएपछि व्यवसायीले कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरेर पुनः तेल निर्यात गर्ने गरेका छन ।
भन्सार विभागकाअनुसार आयाततर्फ ९ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । विभागको तथ्यांकका अनुसार १ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
यस्तै फलाम तथा स्टीलको आयात समेत १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँबराबरको भएको छ । यो अवधिमा ७३ अर्ब ८६ करोड रुपैयाँबराबरको सवारी साधन र त्यसको पार्टपुर्जा आयात भएको छ ।
नौ महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै ७ खर्ब २४ अर्ब ९४ अर्ब ६३ लाख ४१ हजार रुपैयाँको आयात भएकोमा भारत निर्यात भने ६८ अर्ब ४३ करोड ५७ लाख ५३ हजार रुपैयाँको भएको छ ।
यस्तै, सो अवधिमा चीनबाट १ खर्ब ६४ अर्ब १३ करोड ३ करोड ६ लाख रुपैयाँको आयात भएकोमा ७९ करोड ६४ लाख १३ हजार रुपैयाँको निर्यात भएको छ ।
आयात बढ्दै गएपछि राजस्व संकलन पनि बढ्दै गएको छ । आयात बढेका कारण चालू आर्थिक वर्षको ९ महिनामा ३ खर्ब १४ अर्ब २६ करोड ६७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार