‘आँधी तुफान २’ को छायांकन सुरु
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २०:४८:५
१० बैशाख, काठमाडौं । मदन घिमिरेको निर्देशन निर्माण गरिन लागेको नेपाली चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालका विभिन्न क्षेत्रमा त्यसको असर परेको छ ।
नेपाली फिल्म क्षेत्र पनि यसबाट अछुतो छैन । करीब ९ महिना ठप्प भएर सञ्चालनमा आएको यो क्षेत्र फेरि कोरोनाले ग्रस्त बनाएको छ । संक्रमण फैलिन नदिन सरकारले बैशाख मसान्तसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । तर, फिल्मको छायांकनमा कडाइ गरिएको छैन ।
जसले गर्दा निर्माताहरु कोरोनाको प्रवाह नगरी फिल्मको छायांकन गरिरहेका छन् । यसबीच, ‘आँधी तुफान २’ को सुटिङ सुरु भएको छ । बिहीबार चलचित्रको को छायांकन सुरु गरिएको हो । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको यो फिल्मको १६ वर्षपछि सिक्वेल निर्माण हुन लागेको हो ।
लेखक मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजको अभिनय रहनेछ ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको ‘आँधी तुफान २’ मा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।
फिल्मको छायांकन काठमाडौं, काभ्रे र धुलिखेलमा हुनेछ । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले वाचन गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार