प्रधानमन्त्री ओलीद्वारा धरहराको उद्घाटन
नेपालबहस संवाददाता
बैशाख ११, २०७८ शनिबार १८:९:४८
११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ सालको महाभुकम्प गएको ६ बर्ष पुरा हुँदा प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गरेका हुन । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले आयोजना गरेको बिशेष कार्यक्रमका बीच ओलीले धरहरा चढने मुलढोकामा राखिएको शिलापत्र अनावरण गरी धरहरा उद्घाटन गरेका छन् । धरहरा उद्घाटनपछि धरहराको २० औं तलमा पुगी दृश्य अवलोकन गरेका थिए । त्यस वखत पुष्पवृष्टि समेत गरिएको थियो ।
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको नौ तले धरहरा ढलेको थियो । धरहरा ढल्दा ६० जनाले जीवन गुमाएका थिए । सयौँ मानिस घाइते भए । काठमाडौं उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिक स्थल भूकम्पले भत्किएपछि नवर्निर्माण गर्न ६ वर्ष लागेको छ। भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा निर्माण गरिएको हो।
अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कुल लागत तीन अर्ब ४८ करोड रूपैयाँ रहेको छ ।
जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र दुई लिफ्ट राखिएको छ। लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन्। लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ।धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ।
धरहराको आज उद्घाटन गरिएपनि सर्वसाधरणका लागि भने केही महिना पछि मात्र अवलोकन गर्न खुला गरिने प्राधिकरणले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार