साताभर नेप्से ३ प्रतिशत घट्दा उपसमूहको अवस्था कस्तो रहयो ?
नेपालबहस संवाददाता
बैशाख ११, २०७८ शनिबार १९:१:१
११ बैशाख, काठमाडौं । यस साता नेप्से परिसूचक ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७३५.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.१९ प्रतिशत अर्थात ८७.३९ अंक घटेर २६४८.०० विन्दुमा बन्द भएको छ।
यो साता शेयर बजार त्यस्तो सुखद रहेन । गत साता ३ दिन खुलेर हरेक दिन नयाँ नयाँ रेकर्ड बनेको बजार यस साता भने धेरै जसो घटेको छ । यस साता समग्र मुलुकमा कोरोनाको त्रासले गर्दा बजार घटेको हुनसक्ने विश्लेषकहरूको तर्क छ ।
यस साता ५ दिन खुलेको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि घट्यो
गत साता औसतमा दैनिक ७ अर्ब ७९ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब ४६ करोडको मात्र माथीको कारोबार भएको छ ।
बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३७ खर्ब ८७ अर्ब रहेको बजार पुँजीकरण यस साता १ खर्ब २० अर्ब रुपैयाँले घटेर ३६ खर्ब ६६ अर्बमा झरेको छ ।
यस्तै, यस साता कारोबारमा आएका सबै उपसमूहका परिसूचक घटेका छन् ।
यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा रहेका छन् । स्वदेशी लघुवित्तसँग मर्जरका कारण लामो समयसम्म एनआइसीको शेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुलेसँगै संस्थाको सेयर लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।
शेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा ७ कम्पनीको ४ करोड ५ लाख ५१ हजार ५११ दशमलब २९ कित्ता शेयर सूचिकृत भएको हो । जसमध्ये ५ कम्पनीको बोनस सेयर र बाँकी ३ कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।
यो पनि पढौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको शेयर सूचिकृत, कुनको कति ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार