त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको ऐतिहासिक जित
कुसुम सेञ्चुरी
बैशाख ११, २०७८ शनिबार २२:४८:१९
११ वैशाख, काठमाडौं । ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो। नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमा समेटियो। नेपालका लागि करण केसीले ३ तथा सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए। अविनाश बोहोरोले अन्तिम १ विकेट लिए। नेदरल्याण्ड्सका लागि सेबास्टियन ब्राटले सर्वाधिक २६ रन बनाए भने म्याक्स वडागडले २० रन जोडे।
पिटर सीलार १३ रनमा समेटिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। त्यसअघि नेपालले कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा २३८ रनको स्कोर खडा गरेको थियो। नेपालले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर यो स्कोर खडा गरेको हो। नेपालका लागि भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा अभिजित ५० रन जोडे। दीपेन्द्र सिंह ऐरी अभिजित ४८ रनको योगदान दिन सफल भए। उनले १८ बलको सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन जोड्दा आसिफ शेखले ८ बलमा १६ रन बनाए। नेपालले बनाएको २३८ रनको स्कोर अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा हालसम्मकै ठूलो स्कोर हो।
नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा मलेसिया लिग चरणबाट बाहिरिएको थियो। उसले जितको खाता खोल्न नसके पनि नेदरल्याण्ड्ससँगको एक खेल बराबरी गर्दै एक अंक जोडेको थियो। डबल राउण्ड रोबिन लिगमा भएको खेलमा नेपाल भने शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
सनराइजर्स र मुम्बई बीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार