मंगलबार , जेठ ४, २०७८

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिरको स्थापना

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिरको स्थापना

१२ वैशाख,चितवन । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ । नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल र आमा ७३ वर्षीया राममती इच्छानुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएको हो । छोरा– बुहारी किरणलाल र सुनिता, सुरेशलाल र सरिना, छोरी शान्ति र सनिताले बुवाआमाको चाहनानुसार मन्दिर निर्माण गरेका हुन् ।

भक्तपुरे कालीगढमार्फत मौलिक ढाँचामा मन्दिर निर्माण गरिएको किरणलालले बताए । बुवाआमाको चाहनाअनुसार परिवारले मन्दिर निर्माण गरेको उनको भनाइ छ । शनिबार मन्दिरमा राखिने गणेशको मूर्ति पूजा तथा प्राणप्रतिष्ठा गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेल र प्रमुख मेडिकल निर्देशक एवं आँखारोग विशेषज्ञ डा रघुनन्दन व्यञ्जुलाई उक्त मन्दिर हस्तान्तरण गरिएको हो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मन्दिर निर्माण गरेर पवित्र काम गरिएको अस्पतालका अध्यक्ष धरेलले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अस्पतालमा हालसम्म कुनै पनि मन्दिर बनेका थिएनन् । अस्पतालमा आउने आँखाका बिरामीलाई दर्शन गर्न सहज होस् भनेर बनाइएको मन्दिरको सबै जिम्मेवारी अस्पताललाई आइसकेको हुँदा त्यसको संरक्षणमा विशेष ध्यान दिइने उनको भनाइ छ । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय