त्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:२९:८
द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो गीत त्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ । भिडियो गीतका निर्माण टिमले राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गदैै गीतको भिडियो सार्वजनिक गरेको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमूख अतिथी र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथी रहेको कार्यक्रममा भिडियो गीतका प्राविधिक तथा कलाकार र अन्य अतिथीहरुको उपस्थिती रहेको छ ।उमा गिरी बेबी निर्मात्री रहेको भिडयोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाश दुबै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र विछोडको चरणलाई देखाइएको छ ।
नेपाली सेनाहरु आफ्नो परिवारलाई छोडेर देशका लागि बलिदान दिन तयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ । देशका लागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ । यस्तै भिडियोमा नेपाली सेनाको संस्कारलाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जसमा नेपाली सेनाको भुमिकामा आकाश अधिकारी देखिएका छन् ।
गीतले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पुग्गे गरि प्राकृतिक सौन्दर्यतालाई समेत प्रस्तुत गरेको छ । रारा ताल आसपास छायाँकन गरिएको गीतले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भन्दै विशेष अतिथी दयाराम दाहालले शुभकामना व्यक्त गरे । उनले कोभिडको मारमा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन यस्तै खालको कार्यक्रमहरुको आवश्यकता रहेको भन्दै चलचित्रकर्मीलाई भिडियो चलचित्र, गीत, छोटो चलचित्रहरु बनाईरहन आह्वान गरे ।
यस्तै आम नेपाली सेनाहरुको कथालाई समेटिएर निर्माण भएको गीत निकै राम्रो भएको र राष्ट्रिय गीतको रुपमा रहने दावी गर्दै प्रमूख अतिथी शेखर गोल्छाले शुभकामना व्यक्त गरे । उनले नेपाली चलचित्र क्षेत्र र यसको चलायमान तथा श्रीवृद्धिका लागि नेपाल उद्योग बाणिज्य महासंघ सधै साथमा रहने प्रतिवद्धता दिदै गीतको सफलताको लागि शुभकामना व्यक्त गरे ।
चलचित्र क्षेत्रले पनि उद्योगको मान्यता पाएको र अब यसको विकासका लागि महासंघ समेत जिम्मेवारी हुने भन्दै चलचित्र उद्योगका समस्याहरु हल गर्न आफु पनि लागिपर्ने अध्यक्ष गोल्छाले बताए ।
सुमधुर स्वरका धनीद्धय गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमा आकाश र उमाको अलवा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले संगीतवद्ध गरेका छन् ।
समीर बलामीले संचालन गरेको भिडियो गीत सार्वजनिक कार्यक्रममा प्रमूख अतिथी र विशेष अतिथीको हातबाट सहयोगी र भिडियोका टिमलाई कदर पत्र समेत प्रदान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार