पल, साहारा र शशीलाई गर्मी भयो धरान
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:३४:४८
१२ बैशाख, काठमाडाैं । गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानलमार्फत सार्वजनिक गरिएको हाे । सय भन्दा बढी गीत लेखिसकेका सर्जक अमर वान्तुका पछिल्लो समय निरन्तर म्युजिक भिडियोहरु सार्वजनिक भईरहेका छन्।
भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका छन् । पल शाह, साहारा राई र शशी राई लोहोरुङ फिचर्ड छन्। सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन् । सार्वजनिक भिडियोमा मनिता राईको कोरियोग्राफी रहेको छ।
गीतको शब्दले मागे अनुसार नै गीतको लोकेसन धरानमा खिचिएको र गीतले मागे अनुसारको कन्सेप्टमा भिडियो निर्माण गरिएकोले भिडियो उत्कृस्ट बनेको निर्देशक जनकदीप पराजुलीले बताए । केही बर्ष अघि म्युजिक भिडियोमा ख्याति कमाएका निर्देशक पराजुलीले पछिल्लो समय थोरै म्युजिक भिडियो गर्ने गरेका छन् । बिज्ञापन तथा अन्य बिदेशी प्रोजेक्टहरुमा ब्यस्त रहने निर्देशक पराजुलीको निर्देशनमा बनेको यो भिडियो उत्कृस्ट बनेको छ।
निर्देशक समाजका महासचिव समेत रहेका पराजुलीले अभिनेता पल शाहलाई अन्य भिडियोमा देखि रहेको भन्दा फरक रुपमा प्रस्तुत गरेका छन्। भिडियोको केहि दिन अघि सार्वजनिक टिजरलाई दर्शकले रुचाए त्यसले भिडियोलाई पनि दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम बिस्वस्त छ। यो भिडियो दर्शक श्रोताको प्रतिक्षामा रहेको थियो। यसैगीत छायाँकन गर्दा धरानमा निर्देशक समाजका सचिव समेत रहेका प्रदेश नम्बर १ चलचित्रकर्मी संघका अध्यक्ष अरुण प्रधान र पल शाह कन्ट्रोभर्सिमा समेत आएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार