सरकारी अनुदानपछि बन्ने भयो तीनधारा एकीकृत बस्ती
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १८:५३:५३
१२ वैशाख,काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ खटिएको १५० दिन नाँघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उनी जनश्रमदानमा जुट्छिन् ।
अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् । “गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ”, पञ्चकुमारीले भनीन् । उनले आफूलाई भूकम्पपीडितवापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि तीन वर्षअघि नै सोही बस्ती निर्माणमा दिएका थिए ।
त्यसपछि सरकारसँग सम्झौता गरी यहाँको मण्डनदेउपुरस्थित तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने ‘कारितास्’ नामक संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयवासीले बस्ती निर्माणलाई निरन्तरता दिइरहेका थिए । हाल सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख रकम निकासा हुँदा ऋणले थलिएका तीनधारका बासिन्दामा खुशीयाली छाएको छ । “हालै मात्र रकम निकासा भएको छ, अब ऋण तिर्छौं, सहयोग र अनुदान तथा श्रमदानले जसरी पनि बस्ती निर्माण सक्नेछौँ”, बस्ती निर्माणका परिकल्पनाकार स्थानीय रामबहादुर तामाङले भने । उनका अनुसार पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको थियो ।
तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणको रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घरवाससहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताए । “कारितास्ले पहिलो किस्ता दिएर लथालिङ्ग छाडेर हिँड्यो, तर पनि हामीले सरकारबाट बाँकी किस्ता नआउञ्जेल ऋण गरेर काम सञ्चालन ग¥यौँ”, उनले भने ।
तामाङका अनुसार हप्ता दिनअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ९आवास०मार्फत रु ६५ लाख रकम निकासा भयो । आवास निर्माण अनुदानको बाँकी रकमबापत एकमुष्ट रु ७५ लाख पनि हालै मात्रै निकासा भएको छ । यसअनुसार तीनधारका भूकम्पपीडितमा पुनःनिर्माण प्राधिकरणबाट भूकम्पको छ वर्षपछि आवास अनुदान रकम निकासा भएको देखिन्छ ।
स्थानीय युवा विरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । उनी भन्छन्, “हामी जनश्रमदानमा जुटेको पनि १५० दिनजति भइसक्यो, अब रकम निकास भएपछि धेरै दिन गर्नु नपर्ला, सुन्दर बस्ती बनाउने योजनामा सबैले भरपुर साथ दिइरहेका छौँ ।” उनी स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास् नामक संस्थाले सरकारसँग सम्झौता गरी करीब तीन वर्षअघि पहिलो किस्ताको रु ५० हजार दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताउछन् ।
बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार खर्चिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता अनुदान सरकारमार्फत निकासा भइसकेको बताए । “विनियोजित रकम सम्झौताअनुसार क्रमैसँग आउनेछ”, उनले भने । भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।
मण्डनदेउपुर–१० स्थित चण्डेनी तीनधारामा तीन वर्ष पहिले स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घरबाससहितको नमूना तामाङ बस्ती निर्माण थालिएको थियो । हाल बस्तीका लागि १२ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक रु ११ लाख लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए ।
उनका अनुसार नगर कार्यालयले रु १० लाख थप सहयोग गरेको छ । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य घरवासका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण भइरहेको छ । सामुदायिक भवन निर्माणका लागि रु ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायतका सामग्री सङ्ग्रहीत गरिने तथा यसबारे जानकारीसमेत दिइने योजना बनाइएको छ ।
योजना अनुसार बस्तीका बीचमा बगैँचा बन्नेछ । घरबासमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपिकल’ खाना खुवाइनेछ । छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर बनाइने भएको हो । नयाँ वर्षको शुरुआतसँगै वैशाख पहिलो साता रकम निकासा भएपछि अबको तीन महीनामा नमूना बस्ती निर्माणको काम सम्पन्न हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार