भारतको दिल्लीमा मात्रै एकै दिन २४ हजार संक्रमित
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १९:०:२७
१२ बैशाख, नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । दिल्लीमा अहिले पनि ९३ हजार ८० संक्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ ।
दिल्लीको स्वास्थ्य विभागले संक्रमित र मृतकको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ । पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको परीक्षण गराएका मध्ये ३२।२७ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १।३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।
भारतमा देशभरी भने अहिलेपनि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका थिए ।
भारतमा गत जनवरी १६ देखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट संक्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार