प्रहरी जवानसहित आठजना लागुऔषध कारोबारी नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २०:२०:५
१२ बैशाख, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध कारोबार र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी जवानसहित आठजनालाई पक्राउ गरेको छ। सीमावर्ती सहर रक्सौलबाट पक्राउ परेका उनीहरूको साथबाट दुई थान पेस्तोल र चार थान म्याग्जिनसहित विभिन्न किसिमका लागुऔषध प्रहरीले बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट एक लाख ५० हजार रूपैयाँमा भारतको रक्सौलबाट मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षिय राजु रानामगर र काठमाडौं बस्दै आएका राम प्रजापतिले सुनमिका लेखेको एक थान पेस्तोल र दुई थान म्याग्जिन खरिद गरेका थिए। उनीहरूले लागुऔषध डाइजिपाम, नुर्फिनलगायतका लागुऔषध ल्याई वीरगञ्जको मनोकामना गेष्टहाउसमा बसेका थिए।
सोही लागुऔषध रौतहट सखुहवा नगरपालिका–१ बस्ने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेशप्रसाद यादव, वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह, ३१ वर्षीय रोशन सिंहलगायतले लागुऔषध तथा हातहतियार लुटेको प्रहरीले जनाएको छ।
लुटपाट गर्नेहरूको साथबाट थप एक थान पेस्तोलसहित दुई थान म्याग्जिन, सुनको मुन्द्रा, नगद सात हजारलगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार