अझै बन्द भएन सिन्धुलीका हाट बजार र पार्टी प्यालेस
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २०:४०:२१
१२ वैशाख,सिन्धुली । जिल्लामा पुनः कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघिसम्म संक्रमणमुक्त रहेको जिल्लामा अहिले १३ संक्रमित पुगेका छन् ।
शनिबार छ जना कोभिड–१९ का संक्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिको जिल्लामा नै परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ ।
जिल्लास्थित पिसिआर परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार छ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो । लक्षण देखिएका १३ जनामा गरिएको परीक्षणमा छ जनामा मात्र कोभिड–१९ को संक्रमण देखिएको अस्पतालका कोभिड प्रवक्ता डा सागर देवकोटाले जानकारी दिए ।
देशभर कोरोना संक्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको यही वैशाख ८ गते बसेको बैठकले जिल्लाभित्रका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस र हाटबजार मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसको कार्यान्वयन भने हुन सकेको छैन । मास्कको प्रयोग, सामाजिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरी जिल्लामा खुलेआम हाट बजार लाग्ने, पार्टीप्यालेस सञ्चालन र राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । सामान्य सावधानीसमेत नअपनाउँदा जिल्लामा कोरोना भाइरस संक्रमण तीव्ररूपमा हुनेमा त्रास बढ्दो अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार