बागलुङ पर्यटन गुरुयोजना निर्माण अलपत्र
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २१:१:४५
१२ वैशाख,बागलुङ । जिल्लाको पर्यटन गुरुयोजना निर्माण अलपत्र परेको छ । पर्यटन विकासका लागि गुरुयोजना बनाउने पहल फेरी तुहिएको छ । बागलुङ पर्यटन विकास समितिले दुई वर्षअघि गुरुयोजनाको काम थालेको थियो ।
समितिले गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरेको गुरुयोजनाको प्रस्तावपत्रसमेत यसै थन्किएको छ । गुरुयोजनामार्फत पर्यटन क्षेत्रको व्यवस्थित विकासको अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । पर्यटन विकासको चर्को बहस शुरु भए पनि यतीका वर्षसम्म यहाँको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । गुरुयोजना नुहँदा पर्यटन क्षेत्रमा बजेट र कार्यक्रम ल्याउन सहज छैन । पर्यटनसँग सरोकार भएका पक्ष गुरुयोजना निर्माणमा पटक–पटक असफल देखिएका छन् ।
मन्त्रालयबाट प्रतिबद्धतानुसार बजेट नछुट्टिएपछि गुरुयोजना निर्माणले गति लिन नसकेको समितिका अध्यक्ष राजु खड्काले बताए । “राज्यका संयन्त्र नतातेसम्म नहुँदो रहेछ, हामीले सक्दो पहल ग¥र्यौँ, मन्त्रालय पनि धायौँ, तर बजेट नै नआएपछि काम अघि बढ्न सकेन”, उनले भने । समिति समन्वयकारी र सामाजिक हैसियतको संस्था भएकाले आफैँ लगानी गर्न सक्नेस्थिति नरहेको अध्यक्ष खड्काले स्पष्ट पारे । समितिले गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र ९प्रोफाइल० निर्माणको तयारी पनि अघि बढाएको थियो ।
समितिले विसं २०७६ जेठमा गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएको थियो । त्यसअघि विसं २०७५ फागुनमा मन्त्री लम्सालको उपस्थितिमा पर्यटन गुरुयोजना निर्माणबारे सदरमुकाममा बहृत् अन्तरक्रिया गरिएको थियो । सो अवसरमा समेत मन्त्री लम्सालले गुरुयोजनाका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएका थिए । जिल्लाको पर्यटन विकासको भावी खाका र योजना समेटेर बन्ने गुरुयोजनामा टेकेर निजी र सार्वजनिक क्षेत्रले लगानी भित्र्याउने विश्वास लिइएको थियो ।
पन्ध्र वर्षसम्मको कार्ययोजना गुरुयोजनामा समावेश गरेर जिल्लाको पर्यटनलाई व्यावसायिकरुपमा उठाउने समितिको लक्ष्यमा तत्काललाई ठेस लागे पनि गुरुयोजना निर्माणको पहल पुनःथालिने अध्यक्ष खड्काले बताए । विज्ञ, पर्यटन व्यवसायी, सरकारी संयन्त्रदेखि सरोकार भएका पक्षसँगको सहकार्य र समन्वयलाई निरन्तरता दिइने भएको छ ।
गुरुयोजना तयारीकै लागि शुरु गरिएको जिल्लाका पर्यटकीय गन्तव्यस्थलको वस्तुगत विवरण सङ्कलनबीचमै रोकिएको छ । कोरोना महामारीले सिर्जित सङ्कटका कारण पनि सोचे जसरी काम गर्न नसकिएको समितिले जनाएको छ ।
बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न समितिले सरकारसमक्ष माग गर्दै आएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षअघि समिति गठन गरिएको थियो । त्यसअघि एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्थाको समेत अभाव थियो । समितिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा समन्वयकारी भूमिका खेल्दै आएको छ ।
पर्यटन क्षेत्रको दिगो र एकीकृत विकासका लागि गुरुयोजना अपरिहार्य रहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । उनले पर्यटन क्षेत्रमा राज्यको लगानी बढ्दै गए पनि व्यवस्थित विकास खड्कीरहको औँल्याए ।
“पर्यटनका नाममा वर्षेनी बजेट आइरहेको छ, पूर्वाधार पनि बनीरहेका छन् तर जिल्लाको पर्यटनको समग्र विकासको योजना छैन, कतै पूर्वाधार छ, राम्रो गन्तव्यस्थल छैन, कतै गन्तव्यस्थल छ, पूर्वाधार छैन”, उनले भने । अध्यक्ष बस्नेतले स्थानीय तहले पनि आफ्नो छुट्टै गुरुयोजना बनाएर पर्यटनमा काम गर्नुपर्ने धारणा राखे ।
पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि योजना, लगानी, पूर्वाधार र प्रचारप्रसार अभावमा बागलुङ ओझेलमा छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा बजेट खर्चिए पनि त्यसले यथोचित प्रतिफल दिन सकेको छैन । ढोरपाटन शिकार आरक्ष, कालिका भगवती मन्दिर, पञ्चकोट, मूर्तिकला सङ्गहालय, गलकोट दरबार, गाईघाट झरना, भकुण्डे, घुम्टेको लेक, भैरवस्थान मन्दिर, गाजाको दह आदि यहाँका प्रमुख गन्तव्यस्थल हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार