अमेरिकाबाट चन्द्रले ल्याए ‘किन होला’
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २१:३४:२७
१२ बैंशाख, काठमाडौं । अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै फरक म्युजिक भिडियो ‘किन होला’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतलाई प्रसिद्द संगीतकर्मी तथा गायक सुरेश कुमार क्षेत्रीले संगीतवद्द गरेका हुन्। गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।
गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ‘चन्द्र लावार च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार