दिल्लीमा एक साता लकडाउन थपियाे
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २१:३९:१
१२ बैशाख, नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना महामारीका भयावह बन्दै गएपछि लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो अर्को एक साताका लागि लकडाउन बढाइएको घोषणा गरेका हुन् ।
कोरोनाको संक्रमणको साङ्लो तोडन भन्दै दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, संक्रमणमा अपेक्षाकृत ढंगले कमी नआए पछि सोमबार बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मेको बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् । दोस्रो चरणको लकडाउन सोमबार राति १० बजेदेखि लागू हुनेछ ।
दिल्लीको अन्य राज्यहरुको तुलनामा संक्रमण दर पनि उच्च रहेको छ । दैनिक परीक्षणमा करीब ३७ प्रतिशतका दरले कोरोना पुष्टि भइरहेको छ । संक्रमणमा अघिल्लो साताभन्दा थोरै गिरावट देखिए पनि अवस्था अझै पनि भयावह छ । दिल्लीमा शनिबार मात्रै २४ हजार १०३ नयाँ संक्रमित थपिएका छन् । र, ३५७ जनाको मृत्यु भएको थियो । शनिबार थपिएका गरी दिल्लीमा सक्रिय संक्रमितको संख्या करीब एक लाख पुगेको छ ।
संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ । अस्पतालहरुमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा धेरैको ज्यान गएको छ । बिहिबार र शुक्रबारमात्र दिल्लीका दुईवटा अस्पतालमा अक्सिजन अभावका कारण ४५ जनाको ज्यान गएको थियो । त्यसैगरी बिरामीको चाप बढेकाले अस्पतालहरुले नयाँ बिरामी लिन छाडेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार